बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
राशिफल

कस्तो रहला तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल

बिहीबार, ०८ कात्तिक २०८१, ०५ : ४५
बिहीबार, ०८ कात्तिक २०८१

वि.सं. २०८१ साल कार्तिक ८ गते । बिहीबार । ईश्वी सन् २०२४ अक्टोबर २४ तारिख । नेपाल संवत् ११४४ । कालयुक्तनाम संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४५ । कार्तिक कृष्णपक्ष । तिथि–सप्तमी, ० घडी ४ पला, बिहान ६ बजेर ११ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–पुनर्वशु, १३ घडी ५३ पला, बिहान ११ बजेर ४३ मिनेट उप्रान्त तिष्य । योग–सिद्ध, १४ घडी २३ पला, बिहान ११ बजेर ५५ मिनेट उप्रान्त साध्य । करण–बव, बिहान ६ बजेर ११  मिनेट उप्रान्त बालव, बेलुकी ६ बजेर ७ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–कर्कट । काठंमाडौमा सूर्योदय बिहान ०६ बजेर १० मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २४ मिनेट । दिनमान २८ घडी ६ पला ।

आजको बार बेला ।  
बिहान ०६ बजेर १० मिनेटसम्म शुभ बेला ।
बिहान ६ बजेर ११ मिनेटदेखि बिहान ७ बजेर ३४ मिनेटसम्म रोग बेला ।
बिहान ७ बजेर ३५ मिनेटदेखि बिहान ८ बजेर ५८ मिनेटसम्म उद्धेग बेला ।
बिहान ०८ बजेर ५९ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म चर बेला ।
बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ४७ मिनेटसम्म लाभ बेला ।
बिहान ११ बजेर ४८ मिनेटदेखि दिउँसो १ बजेर ११ मिनेटसम्म अमृत बेला ।
दिउँसो १ बजेर १२ मिनेटदेखि दिउँसो २ बजेर ३६ मिनेटसम्म काल बेला ।
दिउँसो २ बजेर ३७ मिनेटदेखि बेलुकी ४ बजेर ० मिनेटसम्म शुभ बेला ।
बेलुकी ४ बजेर १ मिनेटदेखि बेलुकी ७ बजेर ० मिनेटसम्म अमृत बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
दिउँसो १ बजेर ११ मिनेटदेखि दिउँसो २ बजेर ३५ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहुर्त
बिहान ४ बजेर ३४ मिनेटदेखि बिहान ५ बजेर २२ मिनेटसम्म ब्रहा मुहुर्त रहनेछ ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनीति तथा समाजसेवामा परिश्रम गरे अनुसार पद प्रतिष्ठा पाइने हुनाले मन प्रशन्न हुनेछ । चाडबाड लक्षित व्यापारमा उल्लेख्य बृद्धि हुनेछ भने तथा कृषि तथा पशुपालन व्यवसायबाट भनेजस्तो आम्दानी गर्न सक्नेछन् । माया प्रेममा नजिक हुने समय रहेको छ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । आफन्तसँग टाडिएर लामो दुरीको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।
 
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) काम देखाएरै अरुको मन लोभ्याउन सकिनेछ भने सानो काम गरी मनग्गे लाभ लिन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो सुधार हुनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । आफन्तको आग्रहलाई स्वीकार्दै शुभ तथा मांगलिक समारोहमा उपस्थिति हुन पाउँदा मन प्रशन्न हुनेछ । बुद्धिको उपयोगले धन तथा भौतिक सम्पती प्राप्त गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्तबाट भनेजस्तो सहायोग पाइने हुँदा काम गर्न सहज हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढी नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । पहिरन, गरगहना, खाद्यान्न, बिलाशी सामानको व्यापारमा उल्लेख्य बृद्धि हुनेछ । होटल तथा टुरिजम् क्षेत्रबाट मनग्गे लाभ लिन सकिनेछ । कुटुम्ब तथा आफन्तका साथ रमाईलो यात्राको तय हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) काम बिग्रने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान लिनुहोला । साना तिना घरेलु समस्याले सताउनेछ भने आफ्नो भन्दा अरुकै काममा समय बित्नेछ । दिनभरु व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनमा सामान्य समस्या आउन सक्छ । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले सर्बसाधारणबाट भनेजस्तो समर्थन पाउन सन्तुलित व्यावहार गर्नुपर्नेछ । कष्टकर यात्रा नहोला भन्न सकिन्नँ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) लामो दुरिको विदेश यात्राको तय हुनेछ । विदेशबाट सञ्चालित सस्था जस्तै एनजिओ तथा आईएनजीओमा काम पाउने प्रवल सम्भावना रहेकोछ । विदेशमा बसेर पेशा व्यावसाय गर्ने तथा अध्ययन गर्नेहरुका लागि दिन फलदायी रहनेछ । खर्च बढेपनि उपलब्धिमुलक कामहरु हुनेछन् । अग्रज आफन्त तथा साथिभाईका साथ रमाईलो गर्दै दिन व्यातित गर्न सकिनेछ । शुभ तथा मांगलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्नीबीचको सम्बन्धमा सुधार भएर जानेछ । दाजुभाईले तपाईको काममा आर्थिक सहयोग गर्ने हुनाले मन प्रसन्न रहनेछ । ईच्छा तथा मनोकामनाहरु पुरा हुनेछन् । दिगो काम गरी आम्दानिका स्रोत बढाउन सकिनेछ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । शेयर बजारमा आज गरिने लगानीबाट भनजस्तो आम्दानी हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पैत्रिक कामबाट मनग्गे लाभ लिन सकिने तथा पैत्रिक सम्पतीको प्रयोग गरी आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । नयाँ काम पाउने तथा नोकरिमा उच्च पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ । लक्ष्य प्राप्तिको लागि चालिने पाईलाहरु सकारात्मक दिशामा अगाडि बढ्नेछन् । पढाइ लेखाइ अरुभन्दा एक कदम अगाडी नतिजा ल्याउन सकिनेछ । प्रेममा नजिक हुने समय रहेको छ । सांगितिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) भाग्य भावमा गोचर गर्ने चन्द्रमाको शुभ प्रभावले धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । सानो प्रयत्नले उपलब्धिमुलक कामहरु हुनेछन् । पूजा सामाग्री तथा चाडबाड लक्षित सामानको व्यापारमा उल्लेख्य बृद्धि हुनेछ । राज्यको नजिक भई काम गर्नेहरुले आर्थिक लाभ प्राप्त गर्ने समय रहेको छ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा वा सुगम स्थानमा स्थानान्तरणको बलियो योग रहेको छ । शेयर बजार तथा बित्तिय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) दिदिबहिनी तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ भने आम्दानीका नयाँ स्रोतहरु फेला पार्न सकिनेछ । नसोचेको धन तथा सम्पती हात लागि हुने योग रहेकोछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे धन आर्जन गर्न सकिनेछ । लामो दुरीको यात्रा हुने योग रहेकोछ । पुराना ऋण, रोग तथा संकटबाट बाहिर निस्कन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेकोछ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । तरपनि बैंक तथा बित्तिय क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ लिन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अदालति फैसला तपाईकै पक्षमा आउने हुनाले खुशिले उचाई नाघ्नेछ । पढ्ने लेख्ने काममा अरुलाई पछाडी छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना समस्याहरुबाट छुट्करा पाइने हुनाले मन प्रशन्न हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ नयाँ काम गर्न सकिनेछ । तपाईसँग मनमुटावको भावना राख्ने तथा सत्रुता साध्नेहरु आफैँ कमजोर हुनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरु जुट्ने हुनाले व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यवसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तहरु खुसी हुनेछन् । आफुले मन पराएको मानिसबाट उपाहार प्राप्त हुने हुनाले मन प्रशन्न रहनेछ । परिवार तथा आत्मिय मित्रका साथ रमाइलो यात्रा हुनेछ । सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जाँगर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् । आकस्मिक धन तथा सम्पती लाभ हुने योग रहेकोछ ।

तपाईको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा भण्डारी
दुर्गा भण्डारी
लेखकबाट थप