बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

युरिक एसिडको घरेलु उपचार हो नीम, यसरी प्रयोग गर्नुस्

बिहीबार, ०८ कात्तिक २०८१, ०४ : १५
बिहीबार, ०८ कात्तिक २०८१

काठमाडौं । हिजोआज यूरिक एसिड अधिकांशमा देखिने समस्या बनेको छ । अस्वस्थकर खानपान र जीवनशैलीमा आएको परिवर्तनका कारण धेरैलाई युरिक एसिड भइरहेको छ । शरीरमा युरिक एसिडको मात्रा बढ्दा जोर्नी दुख्ने अनि सुन्निने जस्ता समस्या हुन सक्छ । 

यद्यपि, युरिक एसिडलाई केही घरेलु र प्राकृतिक उपचारहरूद्वारा पनि नियन्त्रण गर्न सकिन्छ । त्यसैमध्ये एउटा हो नीमको पातको प्रयोग । नीमको पातहरू औषधीय गुणहरूले भरपूर छ । आयुर्वेदमा धेरै रोगहरूको उपचारमा यसको गर्न प्रयोग हुँदै आएको छ ।

युरिक एसिड नियन्त्रण गर्न नीमको पात रामबाण औषधि हो भन्दा पनि अतियुक्ति हुन्न ।

नीमको पातले कसरी नियन्त्रण गर्छ युरिक एसिड ?

नीमको पातको रस

सबैभन्दा पहिले नीमको ताजा पातहरूलाई राम्ररी धुनुहोस् र पिसेर रस निकाल्नुहोस् । यो जुसलाई दिनमा एक पटक खाली पेटमा पिउनाले फाइदा हुन्छ । नीमको तितो स्वादले युरिक एसिडको मात्रा घटाउन मद्दत गर्छ र शरीरमा रहेका विषक्त पदार्थ पनि बाहिर निकाल्छ । यसको नियमित सेवनले युरिक एसिडको प्रभावलाई कम गर्न मद्दत गर्छ ।

नीमको चिया

युरिक एसिड नियन्त्रण गर्न नीमको चियाको सेवन पनि राम्रो उपाय हो । यसका लागि केही नीमको पातलाई पानीमा उमालेर यो पानी छानेर पिउनुहोस् । दिनमा एक पटक यसको सेवन गर्नु पर्छ । यो चियामा प्रचुर मात्रामा एन्टी–इन्फ्लेमेटरी गुण हुन्छ, जसले जोर्नी सुन्निएको र दुखाइ कम गर्न मद्दत गर्छ ।

नीमको पातको धुलो

सुकेको नीमको पातलाई पिसेर धुलो बनाउनुस् अनि यो पाउडर दैनिक सेवन गर्नुहोस् । यसलाई तातो पानीमा वा मह मिसाएर सेवन गर्न सकिन्छ । यो औषधिले शरीरमा युरिक एसिड क्रिस्टलहरू भंग गर्न र यूरिक एसिड स्तरलाई नियन्त्रण गर्न मद्दत गर्दछ ।

नीमको पेस्ट र तेल

नीमको पातको पेस्ट बनाएर प्रभावित जोर्नीहरूमा लगाउनाले सुन्निएको अनि दुखाइबाट आराम मिल्छ । यस बाहेक प्रभावित क्षेत्रको मसाज गर्न पनि नीमको तेल प्रयोग गर्न सकिन्छ । यो उपाय युरिक एसिडको लक्षणलाई कम गर्न मात्र नभई छालाको लागि पनि फाइदाजनक छ ।

नीमको पातका अन्य फाइदाहरूः

नीमको पातमा एन्टी ब्याक्टेरियल, एन्टी फंगल र एन्टी इन्फ्लेमेटरी गुण हुन्छ, जसले शरीरका धेरै समस्यालाई हटाउन मद्दत गर्छ । यसले रगत शुद्ध गर्न, रोग प्रतिरोधात्मक क्षमता बढाउन र छालाको समस्या निको पार्न पनि मद्दत गर्छ ।

सावधानीः

– गर्भवती महिला तथा बालबालिकाले चिकित्सकको सल्लाहबिना यसको सेवन गर्नुहुँदैन ।

–अत्यधिक मात्रामा यसको सेवन गर्दा पेटको समस्या वा कमजोरी हुन सक्छ, त्यसैले यसलाई सही मात्रामा मात्र सेवन गर्नुहोस् ।

– तपाईले कुनै अन्य रोगको लागि औषधि खाइरहनु भएको छ भने, नीम सेवन गर्नु अघि डाक्टरसँग परामर्श गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप