बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

झरेको मोबाइल टिप्न जाँदा ७ घन्टासम्म ढुंगाको चेपमा उँधोमुन्टो भइन् युवती

बिहीबार, ०८ कात्तिक २०८१, ०१ : ०२
बिहीबार, ०८ कात्तिक २०८१

ब्रिसबेन । ढुंगाको चेपमा खसेको मोबाइल झिक्न खोज्दा अष्ट्रेलियाको ब्रिसबेनमा एक युवती घन्टौंसम्म चेपमा उँधोमुन्टो भएकी छिन् । यो घटना यही महिनाको शुरुको हो । उद्धारकर्ताहरूले उद्धार गर्नु अघि तिनी ७ घन्टासम्म चेपमा फसेकी थिइन् । 

न्यू साउथ वेल्स (एन्एसडब्ल्यू) एम्बुलेन्स सर्भिसले सामाजिक सञ्जालमा गएको सोमबार पोष्ट गरेको फोटोमा युवतीको जुत्ताको सोल मात्रै देखिएको छ । 
युवती सिड्नीबाट ७५ माइल पर रहेको हन्टर भ्यालीको लागुनास्थित एक निजी क्षेत्रमा साथीभाइसँग हिडिरहेकी थिइन् । 

यसै क्रममा उनको फोन झर्‍यो। फोन टिप्न खोज्दा चिप्लिएर उनी दुई विशाल ढुंगाको चेपभित्र खसिन् । चेप यति गहिरो थियो कि उनको साथीभाई समेत उनी भएको ठाउँसम्म पुग्न सकेनन् । उद्धारकर्ता निकायले महिलाको नाम औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।  

तर तिनी २३ वर्षीया युवती भएको एनएसडब्ल्यू प्रहरीले भनेको छ । उनी फसेको स्थानमा फोनको सिग्नल पनि थिएन । उद्धारकर्मीहरू घटनास्थलमा आइपुग्दा युवतीको खुट्टा मात्रै देखिएको थियो । उनलाई बाहिर निकाल्न ७ घन्टासम्म अनवरत प्रयास भयो । 

हलचल गरिरहँदा  युवती चेपको झन् भित्र पस्ने हो कि भनेर उनलाई नहल्लिकन बस्न भनिएको थियो । महिलाको खुट्टा भेट्टाउन उद्धारकर्ताहरूले ६ वटा विशाल ढुंगा हटाउनु परेको थियो । 

एउटा मात्रै खुट्टा भेट्न सक्ने गरी ढुंगा हटाउन केही घन्टा लागेको थियो । यस क्रममा ५०० किलोको ढुंगा हटाउन सबैभन्दा गाह्रो भएको बताइएको छ । यस क्रममा महिलाको शरीरका केही हिस्सा कोतरिएको थियो भने थोरै चोट पनि लाग्यो ।

महिलालाई उद्धारगरेपछि अस्पताल लगिएको थियो । जुन फोनका लागि महिला ७ घन्टासम्म उँधोमुन्टो भएर बस्नु पर्यो सो फोन भने झिक्न सकिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप