झापामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, प्रहरी चौकीमा ढुंगामुढा
बुधबार, ०७ कात्तिक २०८१, २२ : ०१

काठमाडौँ । झापाको कमल गाउँपालिका स्थित केर्खामा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । दुर्घटना भएपछि स्थानीयले प्रहरी चौकी केर्खामा ढुंगामुढा गरिरहेका छन् ।
दुर्घटनामा परेर मृत्यु हुनेमा मोटरसाइकल चालक र त्यसमा सवार दुई जना पुरुष छन् । उनीहरूको शव सडकमा नै छ । दुर्घटना पछि स्थानीयले प्रहरी चौकीमा ढुंगामुढा गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले रातोपाटीलाई बताए ।
उनले भने, ‘प्रदर्शनका कारण शवको मुचुल्का र अनुसन्धान सुरु गर्न सकिएको छैन ।’ दुर्घटना स्थलमा स्थानीयले प्रदर्शन गरिरहेका छन् । घटनास्थलमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले भने-‘हामी शान्ति चाहन्छौं तर देशै सुम्पिन सक्दैनौं’
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’