बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

रेड्मी प्याड प्रो फाइभजी र रेड्मी प्याड एसई ८.७ फोरजी ट्याब्लेट सार्वजनिक

बुधबार, ०७ कात्तिक २०८१, २० : २१
बुधबार, ०७ कात्तिक २०८१

काठमाडौँ ।  नेपाल – ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारमा दुई नयाँ ट्याब्लेटहरू; रेड्मी प्याड प्रो फाइभजी र रेड्मी प्याड एसई ८.७ फोरजी सार्वजनिक गरेको छ । 

रेड्मी प्याड प्रो फाइभजी १२.१ इन्चको अल्ट्रा–क्लियर डिस्प्ले १६ः१० एस्पेक्ट रेसियो र २४९ पिपिआईको रिजोल्युसनको साथ आउँछ । यसमा १२० हर्ट्जको एडाप्टिभ रिफ्रेस रेट र ६०० निट्सको याच बी यम ब्राइटनेसछ ।

यस ट्याब्लेटमा स्न्यापड्र्यागन ७ एस जेन २ प्रोसेसर रहेको छ  । १० हजार ००० एमएएच क्षमताको ब्याट्री र ३३वाट फास्ट चार्जिङ सपोर्टले १४.४९ घण्टासम्म एचडी भिडियो प्लेब्याकको सुविधा पनि दिन्छ । चारवटा स्टीरियो स्पिकर र डल्बी एटमस सपोर्ट पनि रहेको छ । यसमा रेड्मी स्मार्ट पेन र रेड्मी प्याड प्रो किबोर्ड जस्ता एक्सेसरीहरू पनि पाइन्छ ।

यता, रेड्मी प्याड एसई ८.७ फोरजी ८.७ इन्चको एलसीडी डिस्प्ले र हल्का डिजाइनका साथ आउँछ । यसमा ८४.४१% स्क्रिन–टु–बडी रेसियो र ६०० निट्सको ब्राइटनेस रहेको छ ।

मीडियाटेक हेलियो जि ८५ प्रोसेसरद्वारा सञ्चालित यस ट्याब्लेटमा ६ जीबाको र्याम र ९० हर्ट्जको रिफ्रेस रेट रहेको छ । ६ हजार ६५० एमएएच ब्याट्री र १८ वाट फास्ट चार्जिङ सपोर्टले यस ट्याब्लेटलाई लामो समयसम्म चलाउन सकिन्छ ।

१२८जीबी आन्तरिक स्टोरेज र २टीबीको एक्सप्यान्डेबल स्टोरेज सपोर्टले फाइल र मिडियाका लागि पर्याप्त ठाउँ दिन्छ ।

रेड्मी प्याड प्रो फाइभजी ग्रेफाइट ग्रे र मिन्ट ग्रीन रङ्गमा तथा उपलब्ध रहेको छ । यसको ६ जीबी + १२८ जीबाको मूल्य रु. ३९,९९९ र ८ जीबी + २५६जीबीको मूल्य रु ४४,९९९ हो । रेड्मी स्मार्ट पेनको मूल्य रु. ६,४९९ रहेको छ भने रेड्मी प्याड प्रो किबोर्ड पनि रु. ६,४९९ मूल्यमा उपलब्ध रहेको छ ।

रेड्मी प्याड एसई ८.७ फोरजी ग्रेफाइट ग्रे, स्काई ब्लू र अरोरा ग्रीनमा उपलब्ध छ भने यसको मूल्य रु. १९,९९९ रहेको छ । 

यी सबै ट्याब्लेटहरू नेपालभरिका सबै एमआई स्टोर तथा शाओमीका आधिकारिक खुद्रा बिक्रेता पसलहरूमा उपलब्ध छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप