बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकार उद्धार कोषमा ५१ लाख सहयोग

बुधबार, ०७ कात्तिक २०८१, २० : १२
बुधबार, ०७ कात्तिक २०८१

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । 

सामाजिक उत्तर दायित्व अन्तर्गत कम्पनीले सो रकम सरकारी कोषमा जम्मा गरेको जानकारी दिएको छ । गत असोज ११ र १२ गते परेको अविरल वर्षाको कारण राजधानी काठमाडौँसहित मध्य तथा पूर्वी नेपालमा गएको भीषण बाढी पहिरोमा ठुलो धनजनको क्षति भएकोमा राहत तथा पुनर्निर्माणमा सहयोग गर्न कम्पनीले सहयोग गर्ने निर्णय गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप