बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

रौतहटमा अवैध सामानसँगै स्कर्पियो नियन्त्रणमा, बेवारिसे बन्दुक बरामद

बुधबार, ०७ कात्तिक २०८१, २० : ०९
बुधबार, ०७ कात्तिक २०८१

रौतहट । रौतहटमा प्रहरीको गस्ती टोलीले अवैध भारतीय सामानसँगै एउटा स्कर्पियो गाडी नियन्त्रण लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले भारतबाट अवैध रूपमा विभिन्न सामान ल्याउँदै गरेको बीआर ०१ एफ वाई ३२०९ नम्बरको स्कर्पियो बुधबार बरामद गरेको हो । 

उक्त गाडीमा १ लाख २२ हजार मूल्य बराबरको भारतीय धान र केराउ बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताए । बरामद स्कर्पियो र धान केराउको समेत गरी कुल ३६ लाख २२ हजार मूल्याङ्कन सहित आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रवक्ता रायले जानकारी दिएका छन्। 

त्यसै गरी चन्द्रपुर नगरपालिका ८ बस्तीपुर स्थित एक थान १ नाले बन्दुक बरामद भएको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट गएको गस्ती टोलीलाई देखेर एकजना अपरिचित व्यक्तिले उक्त बन्दुक बाटो छेउमा फालेर भागेको प्रहरीको भनाई छ। बन्दुक फालेर भाग्ने मानिसको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप