बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

टी–२० मा नेपालको अर्को रेकर्ड पनि तोडियो

बुधबार, ०७ कात्तिक २०८१, १९ : ५८
बुधबार, ०७ कात्तिक २०८१

काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय नेपालले बनाएको रनको आधारमा सबैभन्दा ठुलो जितको रेकर्ड तोडिएको छ । 

जिम्बाब्वेले विश्वकप टी–२० छनोटमा गाम्बियालाई २ सय ९० रनको अन्तरले हराउँदै जिम्बाब्वेले नयाँ रेकर्ड बनाएको हो । यसअघि नेपालले मंगोलियालाई सन् २०२३ सेप्टेम्बर २७ मा २ सय ७३ रनको अन्तरले हराएको थियो ।

यसअघि जिम्बाब्वेले नेपालले बनाएको सबैभन्दा ठुलो स्कोरको रेकर्ड तोडेको थियो । बुधबार भएको खेलमा जिम्बाब्वेले गाम्बियाविरुद्ध ४ विकेटको क्षतिमा ३ सय ४४ रन बनायो । नेपालले मंगोलियाविरुद्ध ३ विकेटको क्षतिमा ३ सय १४ रन बनाएको थियो ।

नयाँ रेकर्ड बनाउने क्रममा जिम्बाब्वेका लागि कप्तान सिकन्दर राजाले मात्र ४३ बलमा १ सय ३३ रनको शानदार इनिङ्स खेले । त्यस्तै, ताडिवानासे मारुमानीले ६२ रनको योगदान दिए ।

क्लाइभ मादानेले ५३ रन तथा ओपनर ब्रायन बेनेटले ५० रन बनाए । रायन बर्लले २५ रन जोडे ।

जवाफी ब्याटिङमा उत्रेको गाम्बियाले १४.४ ओभरमा सबै विकेट गुमाएर ५४ रन मात्र बनाउन सक्यो । टोलीका लागि अन्द्रे जार्जुले सर्वाधिक १२ रनको योगदान दिए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप