अनुसन्धानमा आधारित विकास योजना तयार गर्नुपर्छ: मुख्यमन्त्री लामा
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले अध्ययन अनुसन्धानका आधारमा सरकारले विकासका योजना तयार गर्नुपर्ने बताएका छन् । उनले अनुसन्धान विना नै विकास आयोजना कार्यान्वयन गर्दा सरकारको खर्च बढी र उपयोगिता कम भइरहेको बताए ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको वार्षिक समीक्षा गोष्ठीको समापन सत्रमा बोल्दै मुख्यमन्त्री लामाले प्रदेशको आवश्यकता र विकासको योजनामाथि तादम्यता कायम गर्न अध्ययन अनुसन्धानमा जोड दिनुपर्ने बताए । मन्त्रालय र मातहतका निकायले वार्षिक तथ्यांक संकलन गरेर योजना निर्माण गर्दा उपलब्धि न्यून हुनेगरी काम भइरहेको उनको भनाई छ ।
प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायहरूले पनि अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने उनले बताए । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उद्धेश्य अनुसार स्वास्थ्य क्षेत्रका विभिन्न विषय अध्ययन गरी सेवा प्रवाह तथा अन्य उत्पादनमा अग्रसर हुनुपर्ने उनले बताए । सेवा प्रवाह र विकासका क्षेत्रमा सरकारको निरन्तर प्रयासका बाबजुद पनि नागरिकहरूमा नकारात्मक असर देखिएकाले प्रदेश सरकारका निकायका ध्यान त्यसतर्फ केन्द्रित गर्नुपर्ने उनले बताए । नागरिकहरूको गुनासो र प्रदेश सरकारको प्रयासमा तादम्यता मिलाउन अनुसन्धान हुन जरुरी रहेको उनले औँल्याए ।
मुख्यमन्त्री लामाले कर्मचारीहरूलाई सफा मानसिकताका साथ काम गर्न निर्देशन दिए । प्रदेश सरकारले स्थायित्वका लागि कर्मचारी व्यवस्थापनको क्षेत्रमा काम गरिरहेकाले उच्च मनोबलका साथ काम गर्न उनले निर्देशन दिए ।
कार्यक्रममा स्वास्थ्यमन्त्री किरण थापाले स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रदेश सरकार सक्रियताका साथ अघि बढेको बताए । प्रदेशसभाबाट प्रदेश स्वास्थ्य ऐन पारित भएको र त्यसलाई कार्यान्वयन गरेर स्वास्थ्य क्षेत्रका समस्यहरु हल गर्ने तर्फ मन्त्रालय अघि बढेको मन्त्री थापाले बताए । गुनासो रहित गुणस्तरिय स्वास्थ्य सेवामामा आम नागरिकहरूलाई जोड्न मन्त्री थापाले कर्मचारीहरूलाई निर्देश दिए ।
भक्तपुर अस्पताल उत्कृष्ट घोषित
कार्यक्रममा प्रादेशिक अस्पतालहरूलाई कार्य सम्पादनको आधारमा पुरस्कृत गरिएको थियो । प्रदेशका १३ अस्पतालमध्ये सबैभन्दा बढी अंक ल्याउँदै पहिलो स्थान हासिल गर्दै भक्तपुर अस्पताल प्रदेशको उत्कृष्ट घोषित भएको थियो ।
भक्तपुर अस्पतालले विभिन्न शीर्षक अन्तर्गत भएको मुल्यांकनमा कुल १०० अंकमध्ये ८३.४४ अंक प्राप्त गरेको थियो ।
त्यस्तै दोस्रो स्थानमा सिन्धुली अस्पताल रहेको छ । सिन्धुली अस्पतालले १०० अंक मध्ये ७८.४७ प्राप्त गरेको थियो भने तेस्रो स्थानमा धादिङ अस्पताल रहेको छ । धादिङले ७७.४७ अंक प्राप्त गरेको थियो ।
त्यसैगरी जनस्वास्थ्य कार्यालयको मुल्यांकनमा ७५.२४ अंक सहित जनस्वास्थ्य कार्यालय पहिलो स्थानमा रहँदै उत्कृष्ट भएको छ । दोस्रो स्थानमा जनस्वास्थ्य कार्यालय चितवन रहेको छ । चितवनले ७३.७५ अंक प्राप्त गरेको छ भने तेस्रो स्थानमा ७२.४९ अंकसहित जनस्वास्थ्य कार्यालय मकवानपुर रहेको छ ।
आयुर्वेदिक तथा वैकल्पिक चिकित्सातर्फ ८८.२० अंकसहित आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय काठमाडौँ पहिलो स्थानमा रहन सफल भएको छ । ८८.१० अंकसहित दोस्रो स्थानमा आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय मकवानपुर रहेको छ भने ८३.२० अंकसहित आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय भक्तपुर तेस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मानन्द गोल्डकप : सिरिजङ्घाको विजयी सुरुवात
-
‘नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्छ’
-
सोमबार प्रधानमन्त्रीले चीन भ्रमणका विषयमा छलफल गर्ने
-
कुनै पनि उडान प्रभावित नपार्न पाइलटहरुलाई निगमको अनुरोध
-
१० बजे १० समाचार : रवि लामिछाने अझै दुई साता हिरासतमै रहनेदेखि बालेनको पत्र बुझ्न एमालेको अस्वीकारसम्म
-
सार्क राष्ट्रबिच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छ : सञ्चारमन्त्री गुरुङ