बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

भारतलाई हराउँदै बंगलादेश सेमिफाइनलमा

बुधबार, ०७ कात्तिक २०८१, १९ : ३१
बुधबार, ०७ कात्तिक २०८१

काठमाडौँ । साफ महिला च्याम्पियनसिपमा बुधबार सम्पन्न खेलमा भारतलाई ३–१ गोलले हराउँदै बंगलादेश सेमिफाइनलमा पुगेको छ । 

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतलाई हराउँदै साबिक विजेता समेत रहेको बंगलादेश समूह ‘ए’को विजेताका रूपमा सेमिफाइनलमा पुगेको हो । 

आफ्नो अन्तिम खेलमा पराजित भएपनि भारत समूह उपविजेताको रूपमा सेमिफाइनलमा पुग्न सफल भयो । समूह ‘ए’मा रहेको तेस्रो टोली पाकिस्तान भने उपाधि होडबाट बाहिरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप