बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

बेलबारी गोलडकपको सेमिफाइनल समीकरण पुरा

बुधबार, ०७ कात्तिक २०८१, १९ : २२
बुधबार, ०७ कात्तिक २०८१

बेलबारी । भारत पश्चिम बंगालको दलसिंहपारा फुटबल एकेडेमीलाई ३–२ गोलले हराउँदै सलहेस फुटबल क्लब सिराहा अन्तर्राष्ट्रिय आमन्त्रण सातौँ आरजु राइस बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सलहेस क्लबको बुधबार जितसँगै गोल्डकपको सेमिफाइनल समीकरण पुरा भएको छ । सहलेस फुटबल क्लबले कात्तिक ९ गते चित्लाङ फुटबल क्लबसँग दोस्रो सेमिफाइनलमा  प्रतिस्पर्धा गर्नेछ ।

सहलेश फुटबल क्लबका अजयी मार्टिनले चौथो मिनेटमा गोल गरे । समीर तामाङले दिएको पासलाई मार्टिनले गोल गरे । लगत्तै ८ औँ मिनेटमा मार्टिनको पासमा समीर तामाङले गोल गरे । अन्डर ट्वान्टीको राष्ट्रिय टिमका खेलाडी  समीर तामाङले २६ औँ मिनेटमा सहलेसको जितका लागि वान भर्सेस वानमा उत्कृष्ट गोल गरे ।

दलसिंहपारा फुटबल एकेडेमीले मध्यान्तर अघिको अतिरिक्त समयमा १ गोल फर्कायो । दलसिंहपाराका लागि रोहन थापाले गोल गरे । मध्यान्तर अघि ३–१गोलको अग्रता बनाएको सलहेस विरुद्ध भारतीय टिमले ४६  औँ  मिनेटमा सुन्दर गोल गर्दै गोल अन्तर घटाएको थियो । दलसिंहपाराका लागि दोस्रो गोल रोहन थापाले गरे । २ गोल गरेर खेलमा फर्किएको भारतीय टिमले मध्यान्तर पछि उत्कृष्ट खेल खेलेपनि हार टार्न सकेनन ।

बुधबारको खेलमा सलहेस फुटबल क्लबका समीर तामाङ  म्यान अफ द म्याच घोषित भए ।  तामाङलाई प्रदेश खेलकुद विकास समिति कोशी  प्रदेशका सदस्य सचिव कृष्ण बस्नेतले  नगद ५ हजार सहित ट्रफि प्रदान गरे । बिहीबार पहिलो सेमिफाइनलमा झापा ११ ले बुटवल लुम्बिनी फुटबल क्लब रुपन्देहीसँग प्रतिस्पर्धा गर्नेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप