बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

टी–२० मा नेपालले बनाएको रेकर्ड तोडियो

बुधबार, ०७ कात्तिक २०८१, १९ : ११
बुधबार, ०७ कात्तिक २०८१

काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय नेपालले बनाएको सबैभन्दा ठुलो स्कोरको रेकर्ड तोडिएको छ । जिम्बाब्वेले विश्वकप टी–२० छनोटमा नयाँ रेकर्ड बनाउन सफल भएको हो ।

बुधबार भएको खेलमा जिम्बाब्वेले गाम्बियाविरुद्ध ४ विकेटको क्षतिमा ३४४ रन बनाउँदै नेपालको कीर्तिमान तोड्यो । यसअघि नेपालले सन् २०२३ सेप्टेम्बर २७ मा मंगोलियाविरुद्ध ३ विकेटको क्षतिमा ३ सय १४ रन बनाएको थियो ।

नयाँ रेकर्ड बनाउने क्रममा जिम्बाब्वेका लागि कप्तान सिकन्दर राजाले मात्र ४३ बलमा १ सय ३३ रनको शानदार इनिङ्स खेले । त्यस्तै, ताडिवानासे मारुमानीले ६२ रनको योगदान दिए ।

क्लाइभ मादानेले ५३ रन तथा ओपनर ब्रायन बेनेटले ५० रन बनाए । रायन बर्लले २५ रन जोडे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप