बजेट विनियोजन र योजना छनौटलाई प्रभावकारी बनाउँछौँ : मुख्यमन्त्री लामा

हेटौंडा । बागमती प्रदेशका मुख्मयन्त्री बहादुरसिंह लामाले बजेट विनियोजन र योजना छनौटलाई प्रभावकारी बनाउने बताएका छन् । उनले आयोजना बैंक स्थापना र प्रभावकारी कार्यान्वयन गरेर बजेट विनियोजनको तयारी भइरहेको बताए ।
बुधबार मुख्यमन्त्री लामाले प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गंगादत्त नेपालसँग कार्यसम्पादन करार सम्झौता गर्दै आयोजना बैंक स्थापना तथा सञ्चालनलाई प्रभावकारी बनाउन निर्देशन समेत दिए । उनले प्रदेश सरकारलाई नागरिकसम्म जोड्ने र पलदायी योजनाहरू छनौट तथा कार्यक्रम कार्यान्वयनमा सघाउन आयोगले भूमिका निर्वाह गर्नुपर्ने बताए ।
मुख्यमन्त्री लामाले वार्षिक स्वीकृत कार्यक्रमका अलावा प्रदेश सरकारलाई आवश्यक तथ्यांक संकलन तथा सुझावहरू उपलब्ध गराएर नीति आयोगले प्रदेशको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । नयाँ र फरक ढंगका उत्पादन र रोजगारीमा केन्द्रित हुने गरी आयोगले योजना निर्माण तथा बजेट विनियोजनमा सघाउन उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाथीभरा केबलकारबारे मुख्यमन्त्री र मन्त्रीबिच विवाद
-
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
-
ममता काफ्लेको हत्या प्रकरण : नरेश भट्टविरुद्धको न्याययात्रा निर्णायक मोडमा
-
एमाले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईका भूभागहरूमा तातो लहर चल्ने
-
राष्ट्र सङ्घमा प्रस्तुत चन्द्रागिरिको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना प्रतिवेदन सार्वजनिक