बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरले माग्यो करार कर्मचारी

बुधबार, ०७ कात्तिक २०८१, १८ : ०५
बुधबार, ०७ कात्तिक २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करार कर्मचारी माग गरेको छ । बुधबार एक सूचना जारी गदै काठमाडौँ महानगरले १०८ जना करार कर्मचारी मागेको हो । 

लोकसेवा आयोगबाट सिफारिस भएर नआउँदासम्म असार मसान्तसम्मका लागि  करारमा कर्मचारी माग गरिएको महानगरको सूचनामा उल्लेख छ ।  

महानगरले मेडिकल अधिर्कतदेखि कार्यालय सहयोगीसम्मका लागि दरखास्त आह्वान गरेको छ ।   

महानगरले आठौँ तहको मेडिकल अधिकृत ४ जना, पाँचौँ तहको ल्याब टेक्निसियन २९ जना, पाँचौँ तहको फिजियोथेरापी असिस्टेन्ट ३२ जना, पाँचौँ तहको स्टाफ नर्स ५ जना माग गरेको छ ।

यस्तै फार्मेसी सहायक १० जना, रेडियोग्राफर र तथ्यांक सहायक १र१ जना माग गरेको छ । श्रेणीविहीन २६ जना कार्यालय सहयोगी माग गरेको छ ।

दरखास्त सूचना प्रकाशित भएको मितिले १५  दिनभित्र कार्यालय समयमा दिन सकिने महानगरले जनाएको छ ।  

kk

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप