संगठन निर्माण अभियानमा केन्द्रित जसपा नेपाल

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियानअन्तर्गत विभिन्न सांगठनिक गतिविधिहरूमा केन्द्रित रहेको छ ।
केन्द्रीय समितिको बैठकबाट अभियन्ताको रूपमा खटाइएका पार्टीका केन्द्रीय नेताहरूले आफ्नो जिम्मेवारीमा परेका पालिका समिति गठन, पुनर्गठन गर्ने कार्यलाई तीव्रता दिएका छन् । पार्टीका अधिकांश केन्द्रीय नेताहरू अभियानका लागि कार्यक्षेत्रमा खटिएका छन् ।
यसैबिच पर्सा, रौतहट, तनहुँलगायतका जिल्लाहरूमा विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ताहरू जसपा नेपाल प्रवेश गरेका छन् ।
जिल्ला तथा पालिकामा विस्तारित बैठक आयोजना गरिनुका साथै अनुगमन तथा समीक्षा बैठकसमेत आयोजना भइरहेका छन् । पार्टीको केन्द्रीय समितिले सञ्चालन गरेको यस अभियानले पार्टीको सदस्य संख्या पाँच लाख पुर्याउने लक्ष्य राखेको छ । यो अभियान मंसिर मसान्तसम्म चल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको जीतमा बन्यो यस्तो रेकर्ड
-
रास्वपाले महाधिवेशनबारे निर्णय गर्न वैशाख ४ गते बोलायो केन्द्रीय समिति बैठक
-
रास्वपाले भन्यो, ‘सभापतिको दुई दिन, तीन रातको हिरासत बसाइ अवैध छ’
-
शिक्षक महासंघको टोली विद्यालय शिक्षा विधेयकमा छलफल गर्न जाने
-
प्रधानमन्त्री ओली र भारतीय कृषिमन्त्री चौहानबीच भेटवार्ता
-
दुई आयोगका पदाधिकारी र सदस्यका लागि निवेदन दिने १० दिनको समय निर्धारण