बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

चितवनको प्रहरी प्रमुखमा गौतम मिश्रको सरुवा

भावेश रिमाल जिम्मेवारीमुक्त
बुधबार, ०७ कात्तिक २०८१, १७ : ३८
बुधबार, ०७ कात्तिक २०८१

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुखमा एसपी गौतम मिश्रलाई सरुवा गरिएको छ । चितवनमा कार्यरत भावेश रिमाललाई फिर्ता बोलाइएको छ । रिमाललाई मानव बेचबिखन अनुसन्धान ब्युरोमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

एसपी मिश्र मानव बेचबिखन ब्युरोमा कार्यरत थिए । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव पनि गृह मन्त्रालयमा तानिएका छन् । पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा चितवनको भरतपुरमा रास्वपाका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको शवको प्रतीक बनाएर नारायणीमा दाहसंस्कार गरेका थिए । सो विरोधलाई प्रजिअ र एसपीले रोक्न नसकेको गृह मन्त्रालयको विश्लेषण छ । कार्यक्षमतामा प्रश्न उठाउँदै प्रजिअ र एसपी तानिएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप