बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

बीपी कोइराला स्मृति कप क्रिकेट : सेमिफाइनल समीकरण पुरा

बुधबार, ०७ कात्तिक २०८१, १६ : ५७
बुधबार, ०७ कात्तिक २०८१

काठमाडौँ । रुपन्देहीको भैरहवामा जारी बीपी कोइराला स्मृति कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ । सिद्धार्थ रङ्गशालामा बुधवार खेलिएको खेलमा श्रीलङ्काली क्लब श्रीलङ्का स्टेट सर्भिसेज क्रिकेट एसोसिएसनलाई पराजित गर्दै पाकिस्तानको जावेद गोहर इन्टरनेसनल क्रिकेट एकेडेमी सेमिफाइनल पुग्ने चौथो टोली बन्यो ।

त्यसअघि लाइफ केयर क्रिकेट क्लब, नेक्सस रुपन्देही–११ र साइक क्रिकेटर्सले सेमिफाइनलमा स्थान पक्का गरिसकेका थिए । लिग चरणको सबै खेल सम्पन्न हुँदा भारतको लाइफ केयर क्रिकेट क्लब आठ अङ्कसहित पहिलो स्थानमा रह्यो ।

६ अङ्कसहित नेपालको नेक्सस रुपन्देही–११ दोस्रो, चार अङ्कसहित बङ्गलादेशको साइक क्रिकेटर्स तेस्रो र दुई अङ्कसहित जावेद गोहर इन्टरनेसनल क्रिकेट एकेडेमी चौथो भए । चारवटै खेलमा पराजित भएको श्रीलङ्का स्टेट सर्भिसेज क्रिकेट एसोसिएसन प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगिताको दुवै सेमिफाइनल खेल शुक्रवार खेलिने छ । पहिलो सेमिफाइनल खेलमा भारतको लाइफ केयर क्रिकेट क्लब र पाकिस्तानको जावेद गोहर इन्टरनेसनल क्रिकेट एकेडेमी तथा दोस्रो सेमिफाइनल खेलमा बङ्गलादेशको साइक क्रिकेटर्स र नेपालको नेक्सस रुपन्देहीबिच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल शनिवार हुनेछ ।

बुधवार सम्पन्न खेलमा जावेद जावेद गोहर इन्टरनेसनल क्रिकेट एकेडेमी र लाइफ केयर क्रिकेट क्लब विजयी भए । पहिलो खेलमा पाकिस्तानको जावेद गोहर इन्टरनेसनल क्रिकेट एकेडेमीले श्रीलंकाको श्रीलङ्का स्टेट सर्भिसेज क्रिकेट एसोसिएसनलाई र दोस्रो खेलमा खेलमा भारतको लाइफ केयर क्रिकेट क्लबले बङ्गलादेशको साइक क्रिकेटर्सलाई हराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप