मेहदी हसन र जाकेर अलीको अर्धसतकले बंगलादेशलाई राहत, दक्षिण अफ्रिकासँग ८१ रनको अग्रता
काठमाडौँ । पहिलो टेस्ट क्रिकेटको तेस्रो दिन बुधबारको खेल सकिँदासम्म घरेलु टोली बंगलादेशले दक्षिण अफ्रिकासँग ८१ रनको अग्रता हासिल गरेको छ । तेस्रो दिनको खेल सकिँदासम्म बंगलादेशले आफ्नो दोस्रो पालीमा सात विकेट गुमाएर दुई सय ८३ रन बनाएको छ ।
वर्षा र अपर्याप्त प्रकाशका कारण तेस्रो दिन ५८ ओभरमात्र खेल सम्भव भएको थियो । बंगलादेशका लागि मेहदी हसन मिराज अविजित ८७ र नइम हसन अविजित १६ रन बनाउँदै क्रिजमा छन् । तल्लो क्रमका ब्याट्सम्यान मेहदी हसन मिराज र जाकेर अलीले जिम्मेबारीपूर्ण तरिकाले ब्याटिङ गरे ।
टोली निकै अप्ठ्यारोमा रहँदा यी दुबै ब्याट्सम्यानले अर्धसतकीय पाली खेलेका थिए । मेहदी हसन मिराजले एक सय ७१ बलको सामना गरी एक छक्का र नौ चौका प्रहार गरिसकेका छन् । उनले टेस्ट क्रिकेटमा बनाएको यो नवौँ अर्धसतक हो । उनी बिहीबार आफ्नो २७ औँ जन्मदिन मनाउने तयारीमा छन् । सम्भवतः बिहीबार नै उनले आफ्नो खेलजीवनको दोस्रो टेस्ट सतक पनि प्रहार गर्नेछन् ।
मेहदी हसन मिराज अविजित ८७ रन बनाउँदै क्रिजमा छन् । उनी बिहीबार आफ्नो २७ औँ जन्मदिन मनाउने तयारीमा छन् । सम्भवतः बिहीबार नै उनले आफ्नो खेल जीवनको दोस्रो टेस्ट सतक पनि प्रहार गर्नेछन् । ‘डेब्यू’ टेस्ट खेलिरहेका जाकेर अलीले पनि टोलीको खातामा ५८ रन थपे ।
यसैगरी, आठौँ नम्बरमा क्रिज समाल्न आएका जाकेर अलीले पनि टोलीको खातामा ५८ रन थपे । उनले एक सय ११ बलको सामना गरी सात चौका पनि हिर्काए । २६ वर्षीय जोकर अलीले टेस्ट क्रिकेटमा बनाएको यो पहिलो अर्धसतक हो ।
जाकेर अलीले यही खेलमार्फत टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेका हुन् । उनले हालसम्म बंगलादेशका लागि एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका छैनन् । राष्ट्रिय टोलीबाट उनले १९ वटा टी–२० अन्तर्राष्ट्रिय भने खेलेका छन् ।
बंगलादेशले दोस्रो पालीमा केवल एक सय १२ रनको कुल स्कोरमा आफ्नो छैटौँ विकेट गुमाएको थियो । त्यसपछि मेहदी हसन मिराज र जाकेर अलीले धैयर्तापूर्वक ब्याटिङ गर्दै टोलीको स्कोरलाई दुई सय ५० रनको सम्मानजनक स्थितिसम्म पु¥याएका थिए । यी दुवै ब्याट्सम्यानले नै बंगलादेशलाई पाली अन्तरको सम्भावित हारबाट जोगाएका हुन् ।
दोस्रो पालीमा पनि बंगलादेशी ब्याट्सम्यानहरुको सुरुवात भने निकै निराशाजनक थियो । माथिल्लो क्रमका कुनै पनि बंगलादेशी ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेका थिएनन् । बंगलादेशले तीन विकेटको नोक्सानीमा एक सय एक रनको स्थितिबाट तेस्रो दिनको खेल अगाडि बढाएको थियो ।
अघिल्लो दिन ३८ रनमा अविजित रहेका महमदुल हसन जोय बुधबार ४० रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्किएका थिए । ओपनर महमदुलले तेस्रो दिन दुई रनमात्र थप्न सकेका थिए । उनले ९२ बलमा पाँच चौका प्रहार गरे ।
यसैगरी, अघिल्लो दिन ३१ रनमा अविजित रहेका अनुभवी ब्याट्सम्यान मुसफिकर रहिम पनि बुधबार ३३ रन बनाउँदै पेभेलियन फर्किएका थिए । तेस्रो दिन उनले पनि थप दुई रनमात्र बनाउन सके । उनले ३९ बलमा तीन चौका हिर्काएका थिए ।
त्यसअघि ओपनर सादमन इस्लाम एक रनमै पेभेलियन फर्किएका थिए । दोस्रो पालीमा बंगलादेशले लगातार आफ्नो दुई विकेट गुमाएको थियो । सादमनलगत्तै मोमिनुल हक पनि शून्य रनमै आउट भएका थिए । कप्तान नजमुल होसैन सान्तो पनि २३ रनभन्दा अगाडि बढ्न सकेका थिएनन् ।
विकेटकिपर ब्याट्सम्यान लिटन दास पनि सात रनमै पेभेलियन फर्किएका थिए । दक्षिण अफ्रिकाका बलर कागिसो राबडाले चार विकेट लिए । केशव महाराजले पनि तीन विकेट हात पारे । त्यसअघि, पहिलो पालीमा भ्रमणकारी टोली दक्षिण अफ्रिकाले बंगलादेशसँग दुई सय दुई रनको अग्रता हासिल गरेको थियो । दक्षिण अफ्रिका आफ्नो पहिलो पालीमा तीन सय आठ रन बनाउँदै अलआउट भएको थियो ।
पहिलो पालीमा दक्षिण अफ्रिकाका लागि तल्लो क्रमका ब्याट्सम्यान काइल भेरेनले सतकीय र विआन मुल्डरले अर्धसतकीय पाली खेलेका थिए । टोली अप्ठ्यारो स्थितिमा रहँदा विकेटकिपर ब्याट्सम्यान काइल भेरेनले एक सय १४ रन बनाएका थिए ।
सातौँ नम्बरमा क्रिज समाल्न आएका उनले एक सय ४४ बलको सामना गरी दुई छक्का र आठ चौका पनि हिर्काएका थिए । उनी पहिलो पालीमा दक्षिण अफ्रिकाका लागि छक्का प्रहार गर्ने एकमात्र खेलाडी पनि बनेका थिए । २७ वर्षीय काइल भेरेनले टेस्ट क्रिकेटमा बनाएको यो दोस्रो सतक हो ।
यसैगरी, विआन मुल्डरले पनि टोलीको खातामा ५४ रन थपेका थिए । आठौँ नम्बरमा क्रिज समाल्न आएका उनले धेर्यतापूर्वक ब्याटिङ गर्दै एक सय १२ बलमा आठ चौका हिर्काएका थिए । २६ वर्षीय विआन मुल्डरले टेस्ट क्रिकेटमा बनाएको यो पहिलो अर्धसतक हो ।
दक्षिण अफ्रिकी टोलीले केवल एक सय आठ रनको कुल स्कोरमा आफ्नो छैटौँ विकेट गुमाएको थियो । त्यसपछि भेरेन र मुल्डरले नै टोलीको स्कोरलाई दुई सय २७ रनको स्थितिसम्म डो¥याएका थिए । दशौँ नम्बरमा क्रिज समाल्न ओर्लिएका डेन पिएडले पनि ३२ रनको योगदान गरेका थिए । उनले ८७ बलको सामना गरी दुई चौका पनि हिर्काएका थिए ।
दक्षिण अफ्रिकाले पनि पालीको सुरुवात भने निराशाजनक रुपमै गरेको थियो । दक्षिण अफ्रिकाका कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान एडेन मारक्रम ६ रनमा आउट भएका थिए भने अर्का ओपनर टोनी जर्जीले ३० रन बनाएका थिए । ट्रिस्टन स्टब्सले पनि टोलीको खातामा २३ रन थपेका थिए । डेभिड बेडिङ्घम ११ र रायन रिकेल्टन २७ रनमा पेभेलियन फर्किएका थिए ।
बंगलादेशका बलर तैजुल इस्लामले पाँच विकेट लिएका थिए । उनले ३६ ओभरमा तीन मेडन राख्दै एक सय २२ रन खर्चिए । हसन महमुदले पनि तीन विकेट हात पारेका थिए । मेहदी हसन मिराजले पनि दुई विकेट लिएका थिए ।
त्यसअघि, टस जिती पहिले ब्याटिङको निर्णय लिएको बंगलादेशी टोली आफ्नो पहिलो पालीमा केवल एक सय ६ रन बनाउँदै अलआउट भएको थियो । बंगलादेशी ब्याट्सम्यानहरु पनि निरीह बनेका थिए । बंगलादेशी टोली पहिलो पालीमा ४०.१ ओभरमात्र क्रिजमा टिक्न सकेको थियो ।
घरेलु टोलीका ओपनर ब्याट्सम्यान महमदुल हसन जोय ३० रन बनाउँदै आउट भएका थिए । अर्का ओपनर सादमन इस्लामले भने खाता पनि खोल्न सकेका थिएनन् । मोमिनुल हक चार रनमै पेभेलियन फर्किएका थिए भने कप्तान नजमुल होसैन सान्तो पनि सात रनमै आउट भएका थिए ।
मुसफिकर रहिमले टोलीको खातामा ११ रन थपेका थिए । विकेटकिपर ब्याट्सम्यान लिटन दास भने एक रनमै पेभेलियन फर्किएका थिए । मेहदी हसन मिराजले टोलीका लागि १३ रनको योगदान गरेका थिए । जकेर अली पनि दुई रनमै आउट भएका थिए ।
तल्लो क्रमका ब्याट्सम्यान नइम हसनले आठ र तैजुल इस्लामले १६ रन बटुलेका थिए । हसन महमुद चार रनमा अविजित रहेका थिए । दक्षिण अफ्रिकाका बलर विआन मल्डर, कागिसो राबडा र केशव महाराजले ती–तीन विकेट लिएका थिए । पहिलो टेस्ट मिरपुरमा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब तीन वर्षपछि पाकिस्तानको टेस्ट टोलीमा फर्किए मोहम्मद अब्बास
-
माओको विचार र दर्शन नेपाली क्रान्तिको लागि मार्गदर्शकको रूपमा रहेको छ : प्रचण्ड
-
एमपक्सबाट कसरी जोगिने ?
-
पीडितको परिवारलाई पुष्पा–२ को टिमले दियो २ करोड भारु
-
जापान एयरलाइन्समाथि साइबर आक्रमण
-
बागमती प्रदेश लिग : नुवाकोट र दोलखा तथा भक्तपुर र सिन्धुली भिड्दै