बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
राजनीति

राष्ट्रपतिलाई भेट्न प्रचण्ड शीतल निवासमा

बुधबार, ०७ कात्तिक २०८१, १६ : ०८
बुधबार, ०७ कात्तिक २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति निवास शीतल निवास पुगेका छन् । देशको पछिल्लो राजनीतिक अवस्था, सरकार गठन भएको सय दिन लगायत समसामयिक विषयमा छलफल गर्न प्रचण्डसहित विपक्षी दलहरू राष्ट्रपतिलाई भेट्न पुगेका हुन् ।

प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार कार्यदल बाहेक शीर्ष नेताहरू मात्र सहभागी हुनेछन् । राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिल पोखरेलले विपक्षी दलहरूको आग्रह अनुसार राष्ट्रपति पौडेलसँग भेट हुन लागेको जानकारी दिए । 

‘विपक्षी दलहरूकै अग्रसरतामा भेटघाट हुन लागेको हो । समसामयिक विषयमा छलफल हुन लागेको हो । विशेष केही छैन’, रातोपाटीसँग थापाले भने । 

यसअघि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विपक्षी दलहरूले १३ बुँदे ज्ञापनपत्र बुझाएका थिए । सुशासन, सामाजिक न्याय, समृद्धि, जनजीविका तथा विपद् व्यवस्थापनमा ओली सरकार पूर्ण असफल भएको विपक्षी दलहरूको निष्कर्ष छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप