क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटना : सहायक हवल्दारलाई थुनामा पठाउन आदेश
![क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटना : सहायक हवल्दारलाई थुनामा पठाउन आदेश](https://rpcdn.ratopati.com/media/albums/kathmandu-district-court_u3NF8Hjc13.jpg)
काठमाडौँ । क्रिप्टो कारोबारीसँग करिब ५० लाख असुलेको घट्नामा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका सहायक हवल्दारलाई अदालतले थुनामा पठाउन आदेश गरेको छ । बुधवार थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतले सहायक हवल्दार गणेश खड्कालाई थुनामा पाउन आदेश गरेको हो ।
न्यायाधीश महेन्द्र बहादुर कार्कीले जिल्ला प्रहरी परिसर काठमाडौँको मुद्दा शाखामा कार्यरत प्रहरी जवान साजन शर्मा चपाईसँग १ लाख रुपैयाँ धरौटी मागेका छन् । काठमाडौँ प्रहरीले दुई जना प्रहरीसहित ३ जना विरुद्ध ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो । असुलीमा संलग्न खोटाङ घर भएका ३५ वर्षीय तेज बहादुर तामाङ फरार छन् ।
तीनजना मिलेर क्रिप्टो कारोबार गरेको आरोपमा आशिष आचार्यलाई पक्राउ गरेर दुई दिनसम्म थुनेर छाडेको छानबिनबाट भेटिएको छ । उनीहरूले आचार्यबाट ४९ लाख १० हजार असुलेका हुन् । तेज तामाङले हवल्दार खड्कालाई क्रिप्टो कारोबारको सूचना दिएर पक्राउ गराएको र रकम असुलेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
तामाङको सूचनापछि आशिष आचार्य १४ भदौमा पक्राउ परे । क्रिप्टो कारोबार पुष्टि नभएपछि आचार्य रिहा भएका थिए । आचार्य र क्रिप्टोको सूचना दिने तामाङ दुवै क्यानडामा सँगै बस्ने साथी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानलाई सरकारद्वारा वार्ताको लागि आह्वान
-
१२ बजे, १२ समाचार : पूर्व राष्ट्रपति भण्डारीलाई बाटो खुल्योदेखि बागमतीका ८ सहकारीको छानविनमा सीआईबीलाई निम्तोसम्म
-
रुकुम पूर्वमा तीन जनाको शव फेला
-
१० बजे १० समाचार : विद्यालाई बाटो खुला, बलात्कार आरोपीलाई उन्मुक्ति
-
ढल्कुबाट लागुऔषध एम्फेटामाइन आइससहित दुईजना पक्राउ
-
सामाजिक सञ्जालसम्बन्धी विधेयक जसरी पनि संसदबाट पास गर्छौं : सञ्चारमन्त्री