फ्रिजरमा २० वर्षदेखि हराइरहेकी किशोरीको शरीरको हिस्सा भेटिएपछि...

कोलोराडो । अमेरिकाको कोलोराडो राज्यमा रहेको एक घरको फ्रिजरमा २० वर्षदेखि हराइरहेकी किशोरीको शरीरको हिस्सा भेटिएको छ । स्थानीय अधिकारीहरूले बताएअनुसार यस वर्षको जनवरी १२ मा कोलोराडोको ग्र्यान्ड जङ्शनस्थित एक घरको फ्रिजरमा शिर र हात भेटिएका थिए ।
यी हिस्सा सन् २००५ देखि बेपत्ता रहेकी आमान्दा ओभरस्ट्रिटको भएको डीएनए परीक्षणले पुष्टि गरेको भन्दै अक्टोबर ११ मा मिसा काउन्टी शेरिफको कार्यालयले एउटा विज्ञप्ति जारी गर्दै बताएको हो । त्यतिबेला उक्त घर भर्खरै नयाँ क्रेताले किनेका थिए । पुरानो फ्रिजर उठाउन आएका व्यक्तिले फ्रिजरमा शरीरका ती हिस्सा फेला परे । बेपत्ता हुँदा ओभरस्ट्रिट करिब १६ वर्षकी थिइन् ।
उनलाई सन् २००५ को अप्रिलयता कसैले पनि देखेको थिएन, न त उनको कुनै खबर नै आएको थियो । उनी सोही घरको अघिल्लो मालिकको छोरी थिइन् । ओभरस्ट्रिट बेपत्ता भएको भनेर प्रहरी कहाँ रिपोर्ट पनि गरिएको थिए । अहिलेसम्म पनि उनी बेपत्ता भएको परिस्थितिबारे छानबिन चलिरहेको शेरिफको कार्यालयले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपा लिगको सेमीफाइनल समीकरण पुरा : को-को पुगे अन्तिम चारमा ?
-
फ्रान्सको लियोंलाई हराउँदै म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमीफाइनलमा
-
विदेशी मुद्रा, आज कसको मूल्य कति ?
-
आज विश्व सम्पदा दिवस मनाइँदै
-
आजदेखि तीन दिन कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश