विश्वमा भएका हिंसा र तनावबाट चिन्तित छौँ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले छिमेक सम्बन्धलाई न्यायोचित र राष्ट्रिय हितमा अडिँदै पारस्पारिक लाभ र सम्मानका आधारमा अघि बढाएको बताएका छन् ।
बुधबार सरकारको १०० दिने कामहरू सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले छिमेक सम्बन्धलाई न्यायोचित र राष्ट्रिय हितमा अडिँदै पारस्पारिक लाभ र सम्मानका आधारमा अघि बढाएको बताएका हुन् ।
उनले स्पष्टता र सुमधुरपूर्ण छिमेक सम्बन्ध, शान्तिपूर्ण, जिम्मेवार विश्व सम्बन्ध चाहेको पनि बताए ।
‘विश्वका कतिपय भूभागमा भएका हिंसा र तनावबाट चिन्तित छौँ’, प्रधानमन्त्रीको भनाइ छ ।
उनले वार्ताको माध्यमबाट सबै तनावको समाधान चाहेको र सबै शान्तिपूर्ण समाधानमा लाग्न आग्रह समेत गरे । उनले सरकार बनेदेखि नै विरोध सुरु भएको भन्दै यसको कारण साम्प्रदायिक विद्वेष खडा गर्ने, उद्योग बन्द गर्ने, वाणिज्य क्षेत्र तहसनहस पार्ने रहेको पनि बताए । यसकै आधारमा मुलुकलाई प्रतिगमनतर्फ लैजाने काम भएको भन्दै मुलुकलाई त्यसतर्फ लैजान नदिने प्रधानमन्त्रीको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी