जब राजामौलीको फोनले प्रभासको बिहे रोकियो

हैदराबाद । भारतीय सुपरस्टार प्रभासको आज ४५ औं जन्मदिन हो । प्रभासको जन्म २३ अक्टोबर १९७९ मा, दक्षिणका लोकप्रिय निर्माता उप्पलापति सूर्य नारायणको घरमा छोराको जन्म भएको थियो।
तीन दाजुभाइमध्ये कान्छो छोरा रहेका प्रभासको पूरा नाम उप्पलापति वेंकट सूर्यनारायण प्रभास राजु हो। प्रभासले आफ्नो स्कुलिङ चेन्नईमा गरे र त्यसपछि हैदराबादको नालंदा कलेजबाट स्नातक गरे। त्यसपछि उनले हैदराबादको श्री चैतन्य कलेजबाट बीटेक गरे।
प्रभासबारे एउटा रोचक किस्सा छ । भनिन्छ, सन् २०१२ मा निर्देशक राजामौलीको अफरका कारण उनको विवाह रोकिएको थियो ।
त्यतिबेला उनकी आमाले उनलाई विवाह गर्ने इच्छा देखाइन् । करियरको राम्रो चरणमा रहेका प्रभासले पनि बिहेको लागि ‘हुन्छ’ भनेका थिए ।
आमाले विवाहका लागि केटी हेर्न थालिसकेकी थिइन् । यसैबिच एक दिन निर्देशक राजामौलीले प्रभासलाई फोन गरे। राजामौलीले प्रभासलाई फिल्म ‘बाहुबली’ अफर गर्दै ५ वर्षको समय मागे ।
प्रभासलाई यो फिल्मको स्क्रिप्ट यति मन पर्यो कि उनले आफ्नो विवाहको योजना रद्द गरे र राजामौलीको प्रस्ताव स्वीकार गरे। प्रभासभन्दा पहिले राजामौलीले ऋतिक रोशनलाई यो फिल्म अफर गरेका थिए ।
यो अवधिमा उनले अरू कुनै फिल्म साइन गरेनन् । कुनै पनि विज्ञापन प्रस्तावसमेत स्वीकार गरेनन्।
फिल्मको बारेमा प्रभासले एकपटक भनेका थिए कि उनले राजामौली र उनको फिल्म ‘बाहुबली’का लागि ७ वर्ष पनि दिन सक्थे । ‘बाहुबली’ निर्देशक राजामौलीले एक अन्तर्वार्तामा फिल्मको सुटिङका क्रममा प्रभासले आर्थिक सङ्कटको सामना गर्नुपरेको पनि सुनाएका थिए ।
त्यतिबेला यो फिल्म बाहेक उनको कमाइको अर्को कुनै स्रोत थिएन । तर, २०१५ मा यो फिल्म रिलिज भएपछि प्रभासको जीवनमा पूर्ण परिवर्तन आयो । यो फिल्मले उनलाई पहिलो पान इन्डिया स्टार बनायो।
यो फिल्म रिलिज भएपछि प्रभासलाई देशभरबाट ६ हजार विवाहको प्रस्ताव आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेविसंघ केन्द्रीय प्रचार प्रसार विभागको संयोजकमा महतो नियुक्त
-
साउनयता चितवन कारागारका २९ जना कैदीले लिए सुविधा
-
दिल्लीद्वारा राजस्थानसामु जितका लागि १ सय ८९ रनको लक्ष्य प्रस्तुत
-
सत्यनिरुपण तथा मेलमिलाप आयोगको पदाधिकारीका लागि १९ जनाको आवेदन
-
आँबुखैरेनीमा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
-
करिब चार अर्बको युनिटी घोटाला : यसरी ठगिएका थिए तीन लाख ६६ हजार सर्वसाधारण