मुख्यमन्त्री लामाद्वारा नीति आयोगका उपाध्यक्ष नेपालसँग करार सम्झौता
_9jjx02cgjt.jpg)
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नीति तथा योजना आयोगसँग कार्य सम्पादन करार सम्झौता गरेका छन् । मुख्यमन्त्री लामाले बुधवार आयोगका उपाध्यक्ष गङ्गादत्त नेपालसँग कार्य सम्पादन करार सम्झौता गरेका हुन् ।
मुख्यमन्त्री लामाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रमहरूको कार्य सम्पादनलाई प्रभावकारी र नतिजामुखी बनाउन आयोगका उपाध्यक्ष नेपालसँग कार्यसम्पादन सम्झौता गरेका हुन् । प्रदेश नीति तथा योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश २०७५ बमोजिम कार्यसम्पादन करार सम्झौता गरिएको हो ।
सम्झौता अनुसार आयोगले वार्षिक स्वीकृत कार्यक्रम सहित प्रभावकारी र उपलब्धिमूलक नयाँ तथा फरक शैलीको कार्यक्रम पनि गर्न निर्देशन गरिएको छ ।
गत ९ गते सरकारको नेतृत्व गरेका मुख्यमन्त्री लामाले गत भदौ २६ गतेको मन्त्रिपरिषद् बैठकबाट नेपाललाई आयोगको उपाध्यक्षमा नियुक्त गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको पथरी शनिश्चरेमा नयाँ नेतृत्व चयन
-
आजपाको केन्द्रीय कमिटी विघटन, प्रभु साहको अध्यक्षतामा महाधिवेशन आयोजक कमिटी गठन
-
थाइल्यान्डमा 'वान टु वान' वार्ताले ल्याउला त सम्बन्धमा सुधार ?
-
विशेषको फैसला चित्त नबुझेपछि भ्रष्टाचारका १२ वटा मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार
-
वडाध्यक्षलाई कार्यवाहक दिने निर्णय कार्यान्वयन नगर्न उच्चको आदेश
-
शिक्षक महासंघले शिक्षा मन्त्रालयलाई बुझायो ध्यानाकर्षण पत्र