बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

डेडिकेटेड लाइनको बक्यौता उठाउने कुरामा मन्त्रालय र प्राधिकरणबिच मतभेद छैन : मन्त्री खड्का

बुधबार, ०७ कात्तिक २०८१, १४ : ३१
बुधबार, ०७ कात्तिक २०८१

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड लाइनको बक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणका बिचमा मतभेद नभएको बताएका छन् । बुधबार मन्त्रालयको एक सय दिनको मुख्य उपलब्धिहरू सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले डेडिकेटेड लाइनको बक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र विद्युत् प्राधिकरणका बिचमा कुनै मतभेद नभएको स्पष्ट पारेका हुन् । 

मन्त्री खड्काले यो विषय संसदीय समितिमा पुगिसकेको भन्दै संसदीय समितिबाट केही निर्णय आउने विश्वास व्यक्त गरे । उनले यस विषयमा मन्त्रालय र प्राधिकरणका बिचमा छलफल भइरहेको र मन्त्रालयले सम्बन्धित व्यवसायीहरूसँग पनि निरन्तर छलफल गरिरहेको बताए । उनले उद्योगीहरूले विद्युत् उपभोग गरेको कुराको प्रमाण जुटाउने कामपनि भइरहेको बताए ।  

मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउन लागेको भन्नेकुरा हास्यास्पद रहेको बताए । उनले सरकारले घिसिङलाई हटाउनुपर्ने आवश्यकताको महसुस नगरेको बताए । 

उनले भने, ‘कुलमान घिसिङलाई हटाउने भन्ने कुरा हास्यास्पद  हो । उहाँ (कुलमानलाई) सोध्नुभए पनि हुन्छ । उहाँले मैले यस्तो अनुभूति नै गरेको छैन भन्नुभएको छ । मैले पनि त्यो सोच बनाएको छैन । टिम मिलेको छ । सबैले उत्साहपूर्वक काम गरिरहनु भएको छ । हटाइरहनुपर्ने आवश्यकताको महसुस गरेको छैन ।’

मन्त्री खड्काले ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रलाई आर्थिक वृद्धिको संवाहकका रूपमा स्थापित गर्दै उच्च आर्थिक वृद्धिमा सहयोग गर्ने क्षेत्रका रूपमा विकास गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप