दिल्लीका कयौँ क्षेत्रमा खतराको स्तरमा पुग्यो वायु प्रदूषण

नयाँदिल्ली । बुधबार भारतको राजधानी दिल्लीका कयौँ क्षेत्रमा वायु प्रदूषणको स्तर लगातार खतरनाक स्तरमा पुगेको छ । बिहानै यसको प्रभाव धेरै क्षेत्रमा प्रस्ट देखिन थालेपछि मानिसलाई आँखामा जलन हुनुका साथै सास फेर्न गाह्रो भएको थियो । बिहान १० बजे आनन्द बिहारमा एक्युआई ४०६ सम्म पुगेको केन्द्रीय प्रदूषण बोर्ड अर्थात् सीपीसीबीले भनेको छ ।
दिल्लीको व्यस्त क्षेत्र यो ३६७ रेकर्ड भएको थियो । रोहिणीमा राति १० बजे वायु प्रदूषणको स्तर निकै खतरनाक स्तरमा पुगेको छ, उक्त क्षेत्रमा एक्युआई ३९४ रेकर्ड गरिएको छ ।
सीपीसीबीका अनुसार, एक्यूआई ४०० माथि उक्लिनु गम्भीर मानिन्छ । यसले स्वस्थ मानिसहरूलाई पनि असर गर्छ र कुनै पनि रोग भएकाहरूलाई त झन् गम्भीर असर गर्छ । एक्यूआई ३०० देखि ४०० को बीचमा भएको स्थानमा धेरै बेरसम्म बस्दा मान्छेलाई श्वासप्रश्वाससम्बन्धी रोग लाग्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बनेपा उपमेयर कप महिला भलिबलको उपाधि ललितपुरलाई
-
मारक्रम र पुरन चम्किँदा लगातार जितिरहेको गुजरातको यात्रामा ब्रेक
-
पत्रकार मञ्चद्वारा १५ जना पत्रकारलाई पुरस्कार तथा सम्मान
-
७७ ओटै जिल्लामा नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो
-
आयोगको पदाधिकारी सङ्क्रमणकालीन न्यायको मर्म बुझेको व्यक्ति होस् : उपमहासचिव ज्ञवाली
-
जब जलेश्वरी श्रेष्ठको नागरिकता सरकारी कार्यालयमा चलेन