बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बमको धम्कीपछि विमानको आकस्मिक अवतरण

बुधबार, ०७ कात्तिक २०८१, १३ : ४६
बुधबार, ०७ कात्तिक २०८१

नयाँ दिल्ली । विगत केही दिनदेखि भारतमा विमानमा बम राखिएको धम्की लगातार आइरहेको छ । यस्तै धमकीबिच मंगलबार कोलकाताबाट जयपुर आउँदै गरेको इन्डिगो एयरलाइन्सको विमानको जयपुरमा आपत्कालीन अवतरण गरिएको छ । 

यो विमानमा १८३ जना यात्रुहरू सवार थिए । विमान कोलकाताबाट जयपुर जाँदै गर्दा पाइलटले बमको जानकारी पाएपछि एयर ट्राफिक कन्ट्रोल सिस्टमसँग कुरा गरेर जयपुर विमानस्थलमा आकस्मिक अवतरण गराएका थिए ।

विमान अवतरण भएदेखि नै सीआईएसएफका कर्मचारीहरूले निरन्तर अनुसन्धान गरिरहेका छन् । उडान मंगलबार दिउँसो २ः५८ मा कोलकाताबाट जयपुरका लागि उडेको थियो । विमान बेलुका ५ः१९ मा जयपुर विमानस्थलमा अवतरण गर्ने तालिका थियो । तर पाइलटले समझदारी देखाएर विमानलाई जयपुर विमानस्थलको ट्याङ्गो ट्याक्सी क्षेत्रमा आकस्मिक अवतरण गराए ।

 जयपुर एयरपोर्टमा बमको धम्की आउनुअघि भारतभरका १०० भन्दा बढी एयरपोर्टमा बमको धम्की आएको थियो, यो धम्की एयरपोर्टमा रहेको सीआईएसएफको आधिकारिक आईडीमा इमेल मार्फत पठाइएको थियो । जसमा ‘संसारको सबैभन्दा शक्तिशाली देशहरूसँग हामी एक्लै भिड्नेछौँ, हो, हरेक ठाउँमा हुनेछ, बूम... बूम... बूम’ भनेर लेखिएको थियो । 

त्यसपछि विशेषज्ञ टोलीले विमानको छानबिन गर्दा केही फेला पारेन । यसअघि पनि अक्टोबर १९ मा दुबईबाट जयपुर आउँदै गरेको विमान र अक्टोबर १५ मा दममबाट लखनउ जाने विमानको पनि जयपुर विमानस्थलमा बम भएको सूचना पाएपछि आपत्कालीन अवतरण गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप