नितेश तिवारीको 'रामायण' मा रावण बन्दै यश, भने- उत्साहित छु

मुम्बई । निर्देशक नितेश तिवारी अहिले रणवीर कपुर र साई पल्लवीलाई लिएर ‘रामायण’ बनाइरहेका छन् । यसमा साउथका सुपरस्टार यश रावणको भूमिकामा देखिने चर्चा थियो ।
हालैको एक अन्तर्वार्तामा अभिनेताले उनी यो चरित्र खेल्ने पुष्टि गर्दै आफू यसका लागि उत्साहित रहेको बताएका छन्। हलिउड रिपोर्टरलाई दिएको अन्तर्वार्तामा अभिनेताले भने– ‘मलाई आशा छ कि मेरो कामलाई दर्शकले मन पराउनुहुनेछ । मलाई उनको चरित्रको सूक्ष्मता मन पर्छ।’
यशले थपे, ’उनको क्यारेक्टरलाई फरक ढंगले प्रस्तुत गर्ने अवसर छ । एक अभिनेताको हैसियतमा म उत्साहित छु र यसमा काम गरिरहेको छु । मलाई आशा छ कि मानिसहरूले मेरो दृष्टिकोणलाई अद्वितीय पाउनेछन्।’
रामायणबारे कुरा गर्दै यशले अगाडि भने- ‘यति ठूलो बजेटको फिल्म बनाउन त्यस्ता कलाकारलाई सँगै लैजान आवश्यक । म फिल्मका निर्मातासँग सुरुदेखि नै जोडिएँ । जब म फिल्मबाट ब्रेकमा थिएँ, हामी यस विषयमा छलफल गरिरहेका थियौँ। यस फिल्मका लागि पहिले रणवीर, त्यसपछि म र त्यसपछि साई पल्लवीलाई कास्ट गरिएको थियो ।
'रामायण'सँग सम्बन्धित केही विशेष कुराहरू
- तीन भागमा बन्न लागेको यो चलचित्रको प्रत्येक भाग ३ घण्टाको हुनेछ ।
- ५ सय करोडभन्दा बढीको बजेटमा यो चलचित्र बनाइनेछ ।
- फिल्मलाई मधु मन्टेना, अल्लु अरविन्द र नमित मल्होत्राले संयुक्त रुपमा निर्माण गर्नेछन् ।
- निर्माताहरूले यसको पहिलो भाग २०२५ को अन्तिम रिलिज गर्ने योजना बनाएका छन्।
- फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा रिलिज गर्न निर्माता नमित मल्होत्राले अन्तर्राष्ट्रिय कम्पनी वार्नर ब्रदर्ससँग सम्झौता गर्ने प्रयास गरिरहेका छन् ।
- हान्स जिम्मर र एआर रहमान जस्ता ओस्कर विजेता कलाकारहरू संगीत र पृष्ठभूमि स्कोरमा काम गरिरहेका छन्।
- ओस्कार विजेता कम्पनी डीएनईजीले भीएफएक्स मा काम गर्नेछ।
- फिल्म हिन्दी, तमिल र तेलुगु लगायत धेरै भाषामा रिलिज हुनेछ ।
यो अन्तर्वार्तामा यशले आफ्नो सबैभन्दा चर्चित फ्रेन्चाइज ‘केजीएफ’को बारेमा पनि कुरा गरे । 'केजीएफ-३' को अपडेट दिँदै उनले भने, 'हामीलाई थाहा छ कि मानिसहरू रकी भाइलाई पुन: हेर्न चाहन्छन्।
म र केजीएफका निर्देशक प्रशान्त यस विषयमा छलफल गरिरहन्छौँ । जब समय सही हुन्छ, हामी निश्चित रूपमा ठूलो चीजको साथ आउनेछौं। हाल, म मेरा दुई परियोजनाहरू ('टक्सिक' र 'रामायण') मा ध्यान केन्द्रित गर्दैछु।’