बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

बम्बई उच्च अदालतबाट छोटा राजनले पाए जमानत

बुधबार, ०७ कात्तिक २०८१, १२ : ५८
बुधबार, ०७ कात्तिक २०८१

नयाँ दिल्ली । बम्बई उच्च अदालतले २३ वर्ष पुरानो हत्या प्रकरणमा छोटा राजनलाई जमानत दिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार छोटा राजनलाई सन् २००१ मा होटल व्यवसायीको हत्या गरेको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको थियो ।

लाइभ लका अनुसार सन् २००१ मा जया शेट्टीको हत्याको मुद्दामा अन्डरवल्र्डका ग्याङ्स्टर छोटा राजनले जमानत पाएका हुन् । यस मुद्दामा राजनलाई यसअघि नै सजाय भइसकेको छ ।

छोटा राजन पहिलादेखि नै पत्रकार जे डेको हत्या मामिलामा जेलमा सजाय काटिरहेका छन् । त्यसैले उनलाई जेलबाट निस्कन भने गाह्रो छ । मुम्बईको एक विशेष अदालतले सन् २०१८ मा पत्रकार जे डेको हत्या प्रकरणमा मुख्य आरोपी छोटा राजन सहित सबै नौ दोषीहरूलाई जन्मकैदको सजाय सुनाएको थियो । 

मुम्बईका जे डे ‘मिड डे’ पत्रिकामा सिनियर क्राइम रिपोर्टरका रूपमा काम गर्थे । ‘जे डे’ नामबाट समाचार ललेख्ने ज्योतिर्मयको ११ जुन २०११ मा मुम्बईको पवईमा गोली हानेर हत्या गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप