बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

कार्कीको नयाँ गीत ‘फूल टिपी’ सार्वजनिक

बुधबार, ०७ कात्तिक २०८१

काठमाडौँ । गायिका रिज्योना कार्कीको नयाँ गीत ‘फूल टिपी’ सार्वजनिक भएको छ । शंकर अधिकारी घायलको शब्द, लक्ष्मण पोखरेलको सङ्गीत रहेको गीतमा संगीत संयोजन अशोक थापाले गरेका हुन् ।

गीतको भिडियोमा अञ्जना तामाङको अभिनय देख्न सकिन्छ । भिडियोमा गाउँकी छोरीको जीवनशैली र परम्परागत पहिरनलाई प्रस्तुत गरिएको छ । अञ्जना टिकटकबाट चर्चामा छाएकी मोडल हुन् ।

निर्देशन र कोरियोग्राफी कविराज गहतराजको रहेको भिडियोमा दुर्गा पौडेलको छायाङ्कन र मनोज कार्कीको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया