बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतले उसिनेको चामलको निर्यात कर हटायो

बुधबार, ०७ कात्तिक २०८१, १२ : ४३
बुधबार, ०७ कात्तिक २०८१

नयाँ दिल्ली । भारतले आधा उसिनेको चामलमा लगाउँदै आएको निर्यात कर हटाएको छ । मंगलबार सरकारले यस्तो घोषणा गरेको छ । तत्कालै लागू हुने गरी कर हटेको सरकारी सूचनामा भनिएको छ । 

गएको महिना भने विदेशपार निर्यात बढाउन सरकारले आधा उसिनेको चामलको निर्यात कर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको थियो ।

गएको महिना सरकारले गैर–बासमति सेतो चामलको निर्यात सुचारु गर्न पनि अनुमति दिएको थियो भने प्रति टन चामलको मूल्य ४९० डलर तोकेको थियो । अहिलेको सिजनमा मनग्गे धान फल्ने र धानको सञ्चिति थप बढ्ने अनुमानमा सरकारले कर हटाएको हो । 

घरेलु बजारमा मूल्य आकासिएको अनि पर्याप्त आपूर्ति सुनिश्चित गर्न भारतले सन् २०२३ यता नै चामल निर्यातमा अनेकौँ खालको प्रतिबन्ध लगाउँदै आएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप