गाजा मुद्दामा इजरायललाई अमेरिकीले दियो यस्तो चेतावनी

तेल अभिभ । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनका एक वरिष्ठ अधिकारीका अनुसार अमेरिकी प्रशासनले गाजा मुद्दामा इजरायललाई चेतावनी दिएका छन् । इजरायली नेताहरूलाई उत्तरी गाजामा घेराबन्दीमा परेका नागरिकहरूलाई मानवीय सहायता उपलब्ध गराउन ‘अझ धेरै गर्न आवश्यक रहेको’ अमेरिकाको प्रतिक्रिया छ ।
उनका अनुसार इजरायलले यस विषयमा कारबाही गरेन भने यसविरुद्ध अमेरिकी कानुनको दायरा बढ्न सक्ने चेतावनी अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले दिएका छन् । मङ्गलबार ब्लिन्केनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, रक्षामन्त्री योआव गालान्ट, रणनीतिक मामिलामन्त्री रोन डर्मर र वरिष्ठ सैन्य अधिकारीहरूसँग जेरुसेलम र तेल अभीभमा भेटवार्ता गरेका थिए ।
यी बैठक क्षेत्रीय भ्रमणको हिस्सा हुन् । यसलाई अमेरिकाले गत हप्ता गाजामाथि इजरायलले गरेको हमलामा हमासका नेता याह्या सिनवारको हत्यापछि कूटनीति पुनः सुरु गर्ने अवसरको रूपमा हेरेको छ । गाजामा सर्वसाधारण मारिने क्रमलाई रोक्न अमेरिका असफल भएको भन्दै उसको आलोचन चुलिरहेको छ । आलोचना बढिरहँदा इजरायललाई ब्लिन्केनले स्पष्ट सन्देश दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीको रेकर्डमा ९५० महिला सहिद, को हुन् पहिलो सहिद धनमाया ?
-
यही वर्ष सुरु हुने भयो रणवीर सिंहको डन–३
-
कोशी खेलकुद महोत्सव विवादमा : कराते महासंघद्वारा प्रतियोगिता बहिष्कारको घोषणा
-
नाइटमेर कजिन्सले जित्यो हिमालयन डुओ चेसको उपाधि
-
उपकुलपति सिफारिस प्रक्रिया टुंग्याउन १३ जना पदाधिकारीको संयुक्त ध्यानाकर्षण पत्र
-
कोशीमा ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ आयोजना हुँदै