बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

सहकारी ठगीमा दुईचार जना जेल पर्ने भए भनेर रुवावासी नगराैँ : विश्वप्रकाश शर्मा

बुधबार, ०७ कात्तिक २०८१, १२ : १५
बुधबार, ०७ कात्तिक २०८१

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दलहरूका दुईचार जना मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवावासी नगर्न आग्रह गरेका छन् । बुधबार सामाजिक सञ्जाल एक्समार्फत रास्वपाले गरिरहेको सडक प्रदर्शनतर्फ लक्षित गर्दै उनले रुवावासी बन्द गर्न आग्रह गरेका हुन् ।

‘कांग्रेसका दुईचार, एमालेका दुईचार, माओवादी, राप्रपा र रास्वपाका दुईचार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवावासी नगरौँ । अनुसन्धानलाई सघाऔँ, अदालतको फैसला कुरौँ । सडक विलापको जग हँसाई नगरौँ’, उनले उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

दोषीलाई कारबाही र बचतकर्ताको रकम फिर्ता, आजको राष्ट्रिय आवश्यकता  भएको उनले उल्लेख गरेका छन् । पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी बचत रकम अपचलन गरेको अभियोगमा शुक्रबार प्रहरीले पक्राउ गरेको थियो । तर रास्वपाका नेता तथा कार्यकर्ताले झुटो मुद्दामा सरकारले लामिछानेलाई पक्राउ गरेको आरोप लगाउँदै लगातार सडक सङ्घर्षमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप