बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

रवि लामिछानेको भोलि म्याद थप गरिँदै

बुधबार, ०७ कात्तिक २०८१, १२ : ०१
बुधबार, ०७ कात्तिक २०८१

काठमाडौँ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । कास्की जिल्ला अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न दिएको ६ दिनको समय आज पुरा हुँदै छ ।

बिहीबार उनलाई म्याद थपका लागी अदालतमा उपस्थित गराइने कास्कीका एसपी श्यामबावु ओलियोले रातोपाटीलाई बताए । उनले भने, ‘भोलि दोस्रोपटक म्याद लिन्छौं, अरु अनुसन्धानको प्रक्रिया भइरहेको छ ।’

लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका हुन् । सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशीलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप