बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

अन्तरिक्षमै टुक्रियो बोइङको स्याटलाइट

बुधबार, ०७ कात्तिक २०८१, ११ : ५६
बुधबार, ०७ कात्तिक २०८१

वासिङ्टन । अमेरिकी एरोस्पेश कम्पनी बोइङ्को स्याटलाइट अन्तरिक्षमा टुक्रिएको  छ । उक्त स्याटलाइट सञ्चालक इन्टेल्स्याटका अनुसार आईएस–३३ई टुट्दा यूरोप अफ्रिका र एसिया प्रशान्त क्षेत्रका कयौं उपभोक्ताहरू प्रभावित बनेका छन् । आफूले यस घटनाको विस्तृत विश्लेषण पूरा गर्न पहल गरेको इन्टेलस्याटले भनेको छ ।

यतिबेला बोइङले कयौं समस्या भोगिरहेको छ । कम्पनीको व्यावसायिक विमान व्यवसायमा व्यापक हड्ताल भइरहेको छ भने स्टारलाइनर अन्तरिक्ष यानमा समस्या पनि भोग्नु पर्‍यो । आफूहरूले स्याटलाइट निर्माणकर्ता कम्पनी बोइङसँग कुरा गरिरहेको र  सरकारी एजेन्सीहरूलाई  डेटा र निरीक्षणको विश्लेषण गर्न अनुरोध गरेको इन्टेल्स्याटले भनेको छ ।

यस घटनाबारे बोइङ्ले सिधैं कुनै पनि प्रतिक्रिया दिएको छैन । आफूहरूले स्याटलाइटका २० टुक्राको ट्र्याक राखिरहेको अमेरिकी अन्तरिक्ष बलले भनेको छ । बोइङको स्टारलाइनर क्याप्सुलमा समया देखिएयता जुनको मध्यदेखि यता  २ जना अमेरिकी अन्तरिक्षयात्री अलपत्र परेका छन् ।

जाँदा साथै लिएर गएको अन्तरिक्षयात्रीहरूलाई नलिइकन समस्याग्रस्त यान केही हप्ताअघि रित्तै पृथ्वी फर्किएको थियो । कम्पनीको विमान बनाउने एकाइका ३० हजार भन्दा कर्मचारी तलब वृद्धिको माग सहित एक महिनाभन्दा बढी समययता हडतालरत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप