बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

म्याकडोल्ड्जको स्यान्डवीचमा दिसामा पाइने ब्याक्टेरिया, एक जनाको मृत्यु

बुधबार, ०७ कात्तिक २०८१, ११ : २६
बुधबार, ०७ कात्तिक २०८१

वासिङ्टन डीसी । अमेरिकी फाष्ट फूड चेन म्याक्डोनल्ड्जको स्यान्डवीचसम्बद्ध ई कोलाई प्रकोपका कारण अमेरिकामा एक जनाको मृत्यु भएको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले मंगलबार एउटा खाद्य सुरक्षा सतर्कता जारी गरेको छ । त्यहाँका १० राज्यमा ई कोलाई प्रकोप फैलिँदा ४० जना बिरामी परेका छन् ।

यो प्रकोप म्याक्डोनल्ड्जको क्वार्टर पाउन्डर्ससँग सम्बन्धित रहेको बताइएको छ । बिरामीमध्ये १० जनालाई अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ । यीमध्ये एक जना बालक रहेको बताइएको छ । अधिकांश बिरामी कोलोराडो र नेब्रस्काका छन् । बिरामी मध्ये अधिकांशले म्याकडोनल्ड्जको क्वार्टर पाउन्डर स्यान्विच खाएको सीडीसीले भनेको छ ।

अनुसन्धानलाई तीव्र गतिमा अगाडि बढाइएको र अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए)ले पुनरवलोकन गरेको जानकारीअनुसार स्यान्डवीच सिल्भर्ड प्याजका कारण विषाक्त बनेको पाइएको छ । अनुसन्धान चलिरहँदा म्याक्डोनल्ड्जले प्याज र क्वार्टर–पाउन्ड बिफ प्याटिजको प्रयोग बन्द गरेको सीडीसीले भनेको छ ।

एजेन्सीका अनुसार कम्पनीले बिफ प्याटिज क्वार्टर पाउन्डर्समा मात्रै प्रयोग गथ्र्यो । सिल्भर्ड प्याजलाई पनि कम्पनीले सोही स्यान्डवीचमा मात्रै प्रयोग गर्दै आएको थियो । शुरुआती छानबिनमा सो प्रकोप एकल आपूर्तिकताले उपलब्ध गराउने गरेको प्याजसँग सम्बन्धित रहेको पाइएको एक विज्ञप्तिमा म्याकडोनल्ड्जले भनेको छ । ई कोलाई दिसामा पाइने एक प्रकारको ब्याक्टेरिया हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप