कांग्रेस–एमाले म्याद गुज्रेको औषधि जस्ता : सापकोटा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले कांग्रेस र एमाले म्याद सकिएको औषधि जस्तो भएको बताए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार कमजोर भइसकेको उल्लेख गर्दै उनले यसमा एक धक्का लगाउन मात्र बाँकी रहेको बताए ।
कात्तिक १० गते हुने खबरदारी सभाको बारेमा प्रेस सेन्टरका पदाधिकारीसँग छलफल गर्दै उनले माओवादीका लागि ठुलो अवसर आएको र यसलाई क्यास गर्नु पर्ने धारणा राखे ।
प्रधानमन्त्री ओलीको विचार र विवेक शून्य भइसक्यो त्यो कुरा युनएनको महासभामा गएको बेला अमेरिकामा दिएको अभिव्यक्ति तथा त्यहाँबाट फर्केपछि एयरपोर्टमा दिएको अभिव्यक्तिले उनको बारेमा सबै कुरा स्पष्ट भएको उनले बताए ।
चेतना शून्य भएको बेला विवेक पनि शून्य हुने गरेको बताउँदै उपाध्यक्ष सापकोटाले प्रधानमन्त्रीको क्रियाकलापबाट कांग्रेस पनि सन्तुष्ट नरहेको बताए ।
भारी वर्षाको कारण आएको बाढी पीडितलाई सरकारले राहत दिन नसकेको बताउँदै उनले १०० दिन पुगेको अवसरमा सरकारले देखाएको कामबाट पनि यो सरकार शून्य अवस्थामा पुगेको पुष्टि भएको बताए ।
एमालेलाई पहिलो पार्टी बनाउन प्रधानमन्त्री ओली जस्तो सुकै कदम चाल्न तयार रहेको बताउँदै उनले प्रधानमन्त्री ओली अरूको पार्टी फुटाएर संसद् विघटन गर्ने योजनामा रहेको दाबी गरे ।
माओवादीलाई छिमेक देशले पनि सहयोग गर्न तयार रहेको बताए । खबरदारी सभाका लागि माओवादीले भोलि पत्रकार सम्मेलनको योजना गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आलु गाउँ’ हेम्जामा राष्ट्रिय आलु महोत्सव
-
सेतो मच्छिन्द्रनाथको रथ वसन्तपुरमा
-
माओवादीको निष्कर्ष : सरकारको नालायकीपनले गम्भीर चुनौती
-
१० बजे १० समाचार : पूर्वउपराष्ट्रपति पासाङ बने माओवादीको उपाध्यक्षदेखि रवि लामिछानेलाई पक्राउ गर्न किन हतारसम्म
-
रहेनन् अग्रज पत्रकार भैरव रिसाल
-
देशभरका ३३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने