बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

नसरल्लाहका सम्भावित उत्तराधिकारी हसम सफीद्दीन पनि मारिए

बुधबार, ०७ कात्तिक २०८१, १० : ५०
बुधबार, ०७ कात्तिक २०८१

तेल अभिभ । हसन नसरल्लाहका सम्भावित उत्तराधिकारी र हिजबुल्लाहको नयाँ प्रमुखका दावेदार हसम सफीद्दीन पनि मारिएका छन् । अक्टोबर ४ मा भएको हवाई आक्रमणमा परेर हसम सफीद्दीन मारिएको दाबी इजरायली रक्षा बल (आईडीएफ)ले गरेको छ ।

उनी  हिजबुल्लाहको कार्यकारी परिषद्का प्रमुख थिए र हसन नसरल्लाहको मृत्युपछि हासेम हिजबुल्लाहको नयाँ प्रमुख बन्न लागेका थिए । अक्टोबर ४ मा गरेको को हमलामा सफीद्दिनसँगै हिजबुल्लाहको गुप्तचर विभाग प्रमुख हुसेन अली हाजिमाह पनि मारिएको आईडीएफले बताएको छ ।

गुप्तचर मुख्यालयमा भएको आक्रमणमा मारिएका थिए सफीद्दीन
इजरायली सेनाले अक्टोबर ४ मा बेरुतस्थित हिजबुल्लाहको भूमिगत गुप्तचर मुख्यालयलाई निशाना बनाएको थियो । यो मुख्यालय बेरुतको दहियाह क्षेत्रमा अवस्थित छ, जसलाई हिजबुल्लाहको गढ पनि मानिन्छ ।

आक्रमणको समयमा शीर्ष कमाण्डरहरू सहित २५ भन्दा बढी खुफिया कर्मचारीहरू हिजबुल्लाहको गुप्तचर मुख्यालयमा उपस्थित थिए । हमलाको समयमा सफीद्दीन पनि गुप्तचर मुख्यालयमा उपस्थित थिए । इजरायली हवाई हमलामा हासेम सफीद्दीन मारिएको खबर हमलापछि आएका थिए  तर यी समाचारको पूष्टि हुन सकेको थिएन, तर अब इजरायली सेनाले यसको पुष्टि गरेको छ ।

सफीद्दीनलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१७ मा आतंकवादी घोषणा गरेको थियो । सफीद्दीन हिजबुल्लाहका पूर्व प्रमुख हसन नसरल्लाहका काकाका छोरा थिए । सफिद्दीन निकै धार्मिक प्रकृतिका व्यक्ति थिए र नसरल्लाह जस्तै उनलाई पनि इरानको निकट मानिएको छ । हिज्बुल्लाहको कार्यकारी परिषद्को प्रमुख हुनुको साथै, उनी हिज्बुल्लाहको जिहाद काउन्सिलको प्रमुख पनि थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप