बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

पन्नु प्रकरणमा भारतसँगको वार्ताबारे अमेरिकाले के भन्यो ?

बुधबार, ०७ कात्तिक २०८१, १० : ४५
बुधबार, ०७ कात्तिक २०८१

नयाँ दिल्ली । अमेरिकी विदेश मन्त्रालयका प्रमुख उपप्रवक्ता वेदान्त पटेलले अमेरिकामा सिख पृथकतावादी गुरपतवन्त सिंह पन्नुको हत्याको कथित असफल षड्यन्त्रसँग सम्बन्धित सवालमा प्रतिक्रिया दिएका छन् ।

‘सम्बन्धित अनुसन्धानलाई अगाडि बढाउन गत हप्ता अमेरिका र भारत सरकारबिच सूचना आदानप्रदान भएको थियो । भारतको आन्तरिक अनुसन्धान समितिले आफ्नो अनुसन्धानलाई निरन्तरता दिनेछ र गत हप्ताको वार्तामा आधारित रहेर थप कदम चाल्नेछ भन्ने हामीले आशा राखेका छौँ ।’ पत्रकार सम्मेलनमा उनले भने ।

छानबिनको नतिजाका आधारमा अर्थपूर्ण जवाफ नआउँदासम्म अमेरिका पूर्ण रूपमा सन्तुष्ट नहुने पनि उनले बताए । यो मुद्दा जारी रहेको र दुवै देशमा यसको छलफल चलिरहेको उनको भनाई छ । सिख पृथकतावादी नेता गुरपतवन्त सिंह पन्नुको अमेरिकी भूमिमा हत्याको षड्यन्त्र रचेको आरोप लागेका निखिल गुप्तालाई चेक रिपब्लिकबाट अमेरिका ल्याइएको छ ।

अमेरिकी अधिकारीका अनुसार निखिल गुप्तामाथि सिख पृथकतावादी गुरपतवन्त सिंह पन्नुलाई मार्ने ठेक्का दिएको आरोप छ । गुपतवन्त सिंहको हत्या गर्न गुप्ताले भारतीय अधिकारीबाट निर्देशन पाएको आरोप अमेरिकी अभियोजनकर्ताहरूले लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप