बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

आर्सनलको सङ्घर्षपूर्ण जित, पीएसजी रोकियो

बुधबार, ०७ कात्तिक २०८१, ०९ : १४
बुधबार, ०७ कात्तिक २०८१

काठमाडौँ । प्रिमियर लिग क्लब आर्सनलले युक्रेनी क्लब शाख्तार डोनेस्कमाथि सङ्घर्षपूर्ण जित हात पारेको छ । मंगलबार भएको च्याम्पियन्स लिग अन्तरगतको खेलमा आर्सनल १–० गोलले विजयी बन्यो ।

खेलको २९ औँ मिनेटमा शाख्तारका गोलकिपर डिभिट्रो रिजनिकले गरेको आत्मघाती गोल खेलमा निर्णायक बन्यो । ग्याब्रियल मार्टिनेलीको प्रहार पोस्टमा लागेर गोलकिपर रिजनिकसँग ठोक्किँदै गोलमा परिणत भएको थियो ।

यसअघि रिकार्डो कालाफिओरी र ग्याब्रियल जिसुसले गोलको अवसरबाट चुकेका थिए । यता, शाख्तारले पनि काउन्टर अट्याकमा आर्सनललाई चुनौती दिएको थियो ।
३ खेलबाट आर्सनलको ७ अङ्क रहेको छ । शाख्तारले भने समान खेलबाट मात्र १ अङ्क बटुलेको छ ।

मंगलबार राति नै भएको अन्य खेलमा फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) पीएसभी एन्डहोभनसँग १–१ को निरस बराबरी खेल्न बाध्य बन्यो । 

खेलको ३४ औँ मिनेटमा नोआ लाङले पीएसभीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा अचरफ हाकिमीले पीएसजीका लागि बराबरी गोल फर्काए ।

खेलमा पीएसजीले गोलको थुप्रै अवसर खेर फालेको थियो । टोलीले विपक्षीको पोस्टमा २६ वटा प्रहार गरे पनि विजयी गोल भने गर्न सकेन । टोलीले हालसम्म ३ वटा च्याम्पियन्स लिगको खेलमा मात्र दुई गोल गर्न सकेको छ ।

३ खेलपछि पीएसजीको मात्र ४ अङ्क रहेको छ । पीएसभीको समान खेलबाट २ अङ्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप