बुद्धिजीवी सङ्गठनद्वारा बाढीपहिरो पीडितलाई पाँच लाख बढी सहयोग

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)निकट नेपाल बुद्धिजीवी सङ्गठनले बाढीपहिरो पीडितको सहयोगका लागि पाँच लाख पच्चीस हजार सहयोग हस्तान्तरण गरेको छ । माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा रहने गरी सङ्गठनले सो रकम हस्तान्तरण गरेको हो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सङ्गठनका अध्यक्ष कृष्ण केसी लगायतका पदाधिकारीहरूले चेक हस्तान्तरण गरेका थिए। कार्यक्रममा सङ्गठनका इञ्चार्ज खिमलाल देवकोटालगायत बुद्धिजीवी सङ्गठनका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले बाढीपहिरो पीडितको सहयोगका लागि बुद्धिजीवी सङ्गठनले लिएको पहलकदमीका लागि धन्यवाद दिए । पार्टीले बाढीपहिरो पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि पहलकदमी लिएको जानकारी दिँदै उनले सरकारको ध्यानाकर्षण गराउने र पार्टी आफैले पनि कार्यकर्ता परिचालन गर्ने काम गरेको बताए ।
यसपटक विपतबाट ठुलो क्षति भएकाले सबै मिलेर अब पुनर्निर्माण र पुनर्स्थापनामा जोड दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छैटौँपटक शल्यक्रिया गराएपछि अस्पतालको शय्याबाट एक घाइते क्रिकेटरको बिलौना
-
चट्याङसहितको वर्षा पूर्वतिर सर्दै, सतर्क रहन आग्रह
-
संसद्मा पेस हुने चलचित्र विधेयकमा के छ ?
-
शिक्षकहरूको आन्दोलन नरोकिए कक्षा १२ को परीक्षा रोकिने
-
२५ करोड प्रकरण : ट्रक चालक लामा पुर्पक्षका लागि कारागार चलान
-
कार्य सम्पादनलाई पारदर्शी बनाउन मन्त्री दाहालको निर्देशन