बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
अपराध

सोनार हत्या प्रकरण : एक जना भारतीय पक्राउ, विवाहेत्तर सम्बन्धका कारण हत्याको आशंका

बुधबार, ०७ कात्तिक २०८१, ०८ : ३९
बुधबार, ०७ कात्तिक २०८१

वीरगन्ज । बारा प्रहरीले वीरेन्द्र साह सोनारको हत्या प्रकरणमा संलग्न एक जना भारतीयलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटेको विशेष टोलीले हत्या भएको एक सातापछि मुख्य व्यक्तिलाई पक्राउ गरेको जनाएको हो ।

प्रहरीको टोलीले सोनार हत्याका मुख्य आरोपित भारतीय विजय गुप्तालाई पक्राउ गरेको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए ।  उनका अनुसार बुधबार विहान वीरगन्जको नाका इनर्वाबाट उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका गुप्ता रक्सौल निवासी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

तर उनीसंग नेपाली नागरिकता पनि रहेको बारा प्रहरी स्रोतले जानकारी दिएको छ । विवाहेत्तर सम्बन्धका कारण सोनारको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको बारा प्रहरी स्रोतले जनाएको छ ।

पक्राउ परेका गुप्तालाई प्रहरीले थप सोधपुछ गरिरहेकोले अन्य विवरण आउन बाँकी रहेको बारा प्रहरी बताउँछ । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरी प्रवक्ता सापकोटाले बताए । 

सोधपुछ सकिएपछि आजै पत्रकार सम्मेलन गरेर गुप्तालाई सार्वजनिक तयारी रहेको प्रहरीले जानकारी दिएको छ । गएको १ कातिकमा बाराको गण्डक नहरमा सोनार मृत अवस्थामा फेला परेका थिए । वीरगन्जबाट बेपत्ता भएको चार दिन पछाडि सोनार बारामा मृत अवस्थामा फेला परेका थिए । 

मृत अवस्थामा फेला परेको सोनारको घटना शंकास्पद रहेको भन्दै हत्याको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । 

पोस्टमार्टम रिपोर्ट अनुसार सोनारको ‘मर्डर’ आधार भेटिएपछि प्रहरीले सूक्ष्म अनुसन्धान सुरु गरेको बारा प्रहरी प्रवक्ता सापकोटाको भनाइ छ । यसका लागि प्रहरीले अनुसन्धानको सुरुमै मृतकका श्रीमतीलाई नियन्त्रणमा लिई सोधपुछ सुरु गरेको थियो ।  

मृतकका श्रीमती मनिषा देवीसँग गरिएको अनुसन्धान पश्चात् भारत रक्सौल निवासी गुप्ता पक्राउ परेको जनाइएको छ । मृतकका श्रीमती देवी पनि अहिले जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा रहेको प्रहरीले जनायो । 

वीरगन्जका ३ छपकैया निवासी २६ वर्षका सोनार बाराको प्रसौनी गाउँपालिकाको गण्डक नहरको किनारमा शव फेला परेको थियो ।टाउँको पछाडि घाउँ लागेको अवस्थामा उनको शव भेटिएको थियो । मृतक सोनार २७ गतेदेखि वीरगन्जबाट बेपत्ता भएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप