बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

रौतहटमा प्रहरीद्वारा करिब ८ लाखको सामान बरामद

बुधबार, ०७ कात्तिक २०८१, ०८ : १८
बुधबार, ०७ कात्तिक २०८१

रौतहट । रौतहट स्थित प्रहरी गस्ती टोलीले जिल्लाको विभिन्न नाकाबाट अवैध रूपमा भित्रिएको झन्डै ८ लाख रुपैयाँ मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहट तथा  मातहत समेतबाट खटिएको प्रहरी गस्ती टोलीले विभिन्न स्थानहरूबाट अवैध रूपमा भन्सार छली ल्याएको ७ लाख ८९ हजार,७३१ रुपैयाँ बराबरको अवैध भारतीय सामान बरामद गरेको हो।

अवैध भारतीय कपडा, किराना, कस्मेटिक, लगायत तस्करीमा प्रयोग गरिएको मोटरसाइकलसहित उक्त मूल्य बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय रौतहटमा दाखिला गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप