‘तेल भिसा’को ‘कति रमाइलो’ गीतमा विपिन र वर्षा सहित थुप्रै कलाकारको ठुम्का
काठमाडौँ । शंकर घिमिरे निर्देशित फिल्म ‘तेल भिसा’ को गीत ‘कति रमाइलो’ सार्वजनिक गरिएको छ । मंगलबार एक कार्यक्रमकाबिच सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार विपिन काकी, वर्षा राउत, पूजा चन्द, सुशील क्षेत्री, ऋचा घिमिरे, दिलीप रायमाझी, अरुणिमा लम्साल, उषा पौडेल, विमलेश अधिकारी, अनुराग कुँवर लगायतको अभिनय छ ।
अन्जु पन्त र आशिष अविरलको स्वर रहेको गीत आशिषले नै संगीत भरेका हुन् । गीतका शब्द एकनारायण भण्डारीको छ । अमेरिकामा खिचिएको भिडियोलाई शिशिर खातीले कोरियोग्राफी गरेका हुन् ।
‘तेल भिसा’ मार्फत घिमिरेले निर्देशनमा कमब्याक गरेका हुन् । लेखनसमेत घिमिरेरकै रहेको फिल्म मार्फत ऋचा घिमिरे र पूजा चन्दले पनि अभिनयमा कमब्याक गरेका छन् ।
सुशील, दिलीप, अरुणिमा, उषा लगायतका कलाकारले भने यसै गीतमा मात्र अभिनय गरेको बताइन्छ ।
मंसिर ७ गते रिलिज हुने फिल्मको ऋचा घिमिरे प्रस्तुतकर्ता र अनिल पाण्डे र शिवराज कार्की निर्माता हुन् । विपिन कार्कीले फिल्ममा वृद्ध र जवान गरी भूमिकामा अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि पक्राउ प्रकरण : अदालतले दिएकाे म्याद आज सकिँदै, रास्वपाको निरन्तर प्रदर्शन
-
प्रदर्शनमा साथ नदिएपछि रास्वपा नेताहरू पोखरेलीको घरदैलोमा
-
यो सरकारले समीक्षा गर्न लायक कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
-
सत्तारुढ दलको बैठक बालुवाटारमा सुरु
-
सरकार १०० दिन भ्रष्टाचारी बचाउनै केन्द्रित भयो : प्रचण्ड
-
विधायन व्यवस्थापन समितिको बैठक बस्दै