बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

‘तेल भिसा’को ‘कति रमाइलो’ गीतमा विपिन र वर्षा सहित थुप्रै कलाकारको ठुम्का

बुधबार, ०७ कात्तिक २०८१, ०७ : ५९
बुधबार, ०७ कात्तिक २०८१

काठमाडौँ । शंकर घिमिरे निर्देशित फिल्म ‘तेल भिसा’ को गीत ‘कति रमाइलो’ सार्वजनिक गरिएको छ । मंगलबार एक कार्यक्रमकाबिच सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार विपिन काकी, वर्षा राउत, पूजा चन्द, सुशील क्षेत्री, ऋचा घिमिरे, दिलीप रायमाझी, अरुणिमा लम्साल, उषा पौडेल, विमलेश अधिकारी, अनुराग कुँवर लगायतको अभिनय छ । 

अन्जु पन्त र आशिष अविरलको स्वर रहेको गीत आशिषले नै संगीत भरेका हुन् । गीतका शब्द एकनारायण भण्डारीको छ । अमेरिकामा खिचिएको भिडियोलाई शिशिर खातीले कोरियोग्राफी गरेका हुन् ।

‘तेल भिसा’ मार्फत घिमिरेले निर्देशनमा कमब्याक गरेका हुन् । लेखनसमेत घिमिरेरकै रहेको फिल्म मार्फत  ऋचा घिमिरे र  पूजा चन्दले पनि अभिनयमा कमब्याक गरेका छन् । 

सुशील, दिलीप, अरुणिमा, उषा लगायतका कलाकारले भने यसै गीतमा मात्र अभिनय गरेको बताइन्छ । 

मंसिर ७ गते रिलिज हुने फिल्मको ऋचा घिमिरे प्रस्तुतकर्ता र अनिल पाण्डे र शिवराज कार्की निर्माता हुन् । विपिन कार्कीले फिल्ममा वृद्ध र जवान गरी भूमिकामा अभिनय गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप