बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

ठूला हाेटलमा प्लास्टिकजन्य बाेटलसहितका पेय पदार्थमा राेक

बुधबार, ०७ कात्तिक २०८१, ०७ : ५२
बुधबार, ०७ कात्तिक २०८१

काठमाडौं । सरकारले तारे होटलहरूमा प्लास्टिकजन्य बाेटलसहितका पेय पदार्थमा राेक लगाएकाे छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेकाे पर्यटन विभागले मंगलबार यस्तो निर्णय गरेको हो । 

विभाग जारी गरेको प्रेस विज्ञप्तिमा तारे होटल (चार तारे, पाँच तारे र पाँच तारे डिलक्स) र सबै रिसोर्ट (डिलक्स र लक्जरी)हरूमा प्लास्टिकजन्य बाेटलहरूमा राेक लगाएकाे उल्लेख छ ।

विभागबाट तारे स्तरमा स्तर वर्गीकरण भई इजाजत प्राप्त गरी सञ्चालनमा रहेका होटल तथा रिसोर्टमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थ प्रयोगमा आइरहेका भनी जानकारी प्राप्त हुन आएकाले तत्काललाई कम्तीमा चार तारे वा सोभन्दा माथिल्लो स्तरका होटल तथा रिसोर्टमा खानेपानीको लागि प्रयोगमा आउने प्लास्टिकजन्य बोटलमा राेक लगाएकाे पर्यटन विभागका महानिर्देशक डा नारायण रेग्मीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप