अभ्यास खेलमा नेपालको निरीह ब्याटिङ
काठमाडौँ । अमेरिकाको भ्रमणमा रहेको नेपाली क्रिकेट टोली अभ्यास खेलमा अमेरिका–एसँग पराजित भएको छ । मंगलबार खेलिएको एकदिवसीय खेल नेपाली टोलीले ४ विकेटले हारेको हो ।
नेपालले प्रस्तुत गरेको ८२ रनको झिनो लक्ष्य अमेरिका–ए ले २३.१ ओभरमा ६ विकेटको क्षतिमा पछ्यायो । सन्दीप लामिछानेले ४ विकेट लिँदै अमेरिकी टोलीलाई केही चुनौती दिए पनि हार भने जोगाउन सकेनन् । उनले ८.१ ओभर बलिङ गर्दै २७ रन मात्र खर्चिए ।
अमेरिकाका लागि नितिश रेड्डीले सर्वाधिक २९ रन बनाए भने राहुल जरिवालाले २६ रनको योगदान दिए । सञ्जय कृष्णमूर्तिले १० रन जोडे । नेपालका लागि रिजन ढकाल र ललित राजवंशीले १–१ विकेट हात पारे ।
खेलमा नेपालले निकै निरीह ब्याटिङ प्रदर्शन गरेको थियो । टोलीले २५.२ ओभरमा मात्र ८१ रन बनाउन सक्यो । कुशल मल्लले सर्वाधिक १८ रनको योगदान दिए भने देव खनालले १२ रन बनाए । कप्तान रोहित पौडेलले ११ रन तथा भीम सार्कीले १० रन जोडे ।
अमेरिकाका लागि आरिन नदकर्नीले ४ विकेट हात पारे । त्यस्तै, आयान देसाईले २ तथा अभिषेक पारादकर, उत्कर्ष श्रीवास्तवा र अलि शेखले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि पक्राउ प्रकरण : अदालतले दिएकाे म्याद आज सकिँदै, रास्वपाको निरन्तर प्रदर्शन
-
प्रदर्शनमा साथ नदिएपछि रास्वपा नेताहरू पोखरेलीको घरदैलोमा
-
यो सरकारले समीक्षा गर्न लायक कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
-
सत्तारुढ दलको बैठक बालुवाटारमा सुरु
-
सरकार १०० दिन भ्रष्टाचारी बचाउनै केन्द्रित भयो : प्रचण्ड
-
विधायन व्यवस्थापन समितिको बैठक बस्दै