बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

कमब्याक किंग रियल, भिनिसियसको ह्याट्रिक

बुधबार, ०७ कात्तिक २०८१, ०६ : ३२
बुधबार, ०७ कात्तिक २०८१

मड्रिड । भिनिसियस जुनियरको ह्याट्रिकको मद्दतले शानदार पुनरागमन गर्दै रियल मड्रिडले च्याम्पियन्स लिगमा बोरुसिया डर्टमण्डलाई पराजित गरेको छ । पहिलो हाफमा २–० ले पछि परेको स्थिति उल्टाउँदै रियल मंगलबार ५–२ गोलले विजयी बनेको हो ।

गत वर्षको फाइनलको रिप्ले खेलमा पाहुना टोली बोरुसिया डर्टमण्डले साबिक विजेता रियललाई पहिलो हाफमा दुईवटा झट्का दिएको थियो । चार मिनेटको अन्तरमा डोनयेल मालेन र जेमी गिटन्सले डर्टमण्डका लागि एक-एक गोल गरे ।

डर्टमण्डले प्रतियोगितामा रियलको घरेलु मैदानमा १४ खेलको अपराजित यात्रा अन्त्य गर्ने सोचेको थियो । तर, दोस्रो हाफमा भने रियलले खेलमा पुनरागमन गर्‍यो । 

६० औँ मिनेटमा एन्टोनियो रुडिगरले किलियान एम्बाप्पेको पासमा रियलका लागि गोल फर्काए । दुई मिनेटपछि भिनिसियसले खेल बराबरी गरे ।

कप्तान लुकास भाज्क्वेजले ८३ औँ मिनेटमा रियललाई ३–२ को अग्रता दिलाए । खेलको अन्त्यतिर दुई गोल थप्दै भिनिसियिसले आफ्नो ह्याट्रिक पुरा गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप