बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

बुधबार, ०७ कात्तिक २०८१, ०६ : २२
बुधबार, ०७ कात्तिक २०८१

वि.सं. २०८१ साल कार्तिक ७ गते । बुधबार । ईश्वी सन् २०२४ अक्टोबर २३ तारिख । नेपाल संवत् ११४४ । कालयुक्तनाम संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४५ । कार्तिक कृष्णपक्ष । तिथि–षष्ठी, १ घडी २१ पला, बिहान ६ बजेर ४२ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–आद्र्रा, १३ घडी १८ पला, बिहान ११ बजेर २८ मिनेट उप्रान्त पुनर्वशु ।

योग–शिव,१८ घडी २ पला, दिउसो १ बजेर २२ मिनेट उप्रान्त सिद्ध । करण–वणिज, बिहान ६ बजेर ४२ मिनेट उप्रान्त भद्रा, बेलुकी ६ बजेर २३ मिनेट उप्रान्त बव । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–मिथुन । काठमाडौँ सूर्योदय बिहान ०६ बजेर ९ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २५ मिनेट । दिनमान २८ घडी १० पला ।

आजको बार बेला ।  
बिहान ०६ बजेर ०९ मिनेटसम्म लाभ बेला ।
बिहान ६ बजेर १० मिनेटदेखि बिहान ७ बजेर ३४ मिनेटसम्म अमृत बेला ।
बिहान ७ बजेर ३५ मिनेटदेखि बिहान ८ बजेर ५८ मिनेटसम्म काल बेला ।
बिहान ०८ बजेर ५९ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म शुभ बेला ।
बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ४७ मिनेटसम्म  रोग बेला ।
बिहान ११ बजेर ४८ मिनेटदेखि दिउसो १ बजेर १२ मिनेटसम्म उद्वेग बेला ।
दिउसो १ बजेर १३ मिनेटदेखि दिउसो २ बजेर ३६ मिनेटसम्म चर बेला ।
दिउसो २ बजेर ३७ मिनेटदेखि बेलुकी ४ बजेर १ मिनेटसम्म लाभ बेला ।
बेलुकी ४ बजेर २ मिनेटदेखि बेलुकी ७ बजेर १ मिनेटसम्म उद्वेग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बिहान ११ बजेर ४७ मिनेटदेखि दिउसो १ बजेर ११ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त
बिहान ४ बजेर ३३ मिनेटदेखि बिहान ५ बजेर २१ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मन मिल्ने साथीका साथ रमाइलो यात्राको तय हुनेछ । चाडबाड लक्षित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाममुखी कामगर्न सकिनेछ । विवादित विषयहरू तपाईँकै पक्षमा आउने हुँदा मन प्रसन्न रहनेछ । प्रविधिको प्रयोग मार्फत अध्ययनमा सुधार गर्न सकिनेछ । राज्यको नजिक भई काम गर्नेहरूका लागी समय उत्तम रहनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त साथीभाइ तथा कुटुम्बबाट आउन सुखद समाचारले मन प्रसन्न हुनेछ । खाद्यान्न, पहिरन, गरगहना, टुरिजम तथा होटेल क्षेत्रमा लगानी गर्नेहरूका लागी आजको दिन फलदायी रहनेछ । थोरै बोलेर मनग्गे आम्दानी गर्न सकिने समय रहेको छ । माया प्रेमको डोरो कसिलो हुनेछ भने पति पत्नीबिच एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले अरू भन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने योग रहेको छ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक क्षत्रे बलियो हुनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ । पढाइ लेखाईमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । सुख दुखमा साथ दिनेहरू प्रशस्त भेटिने हुँदा मन प्रसन्न रहनेछ । शेयर बजार तथा आर्थिक क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खानपान तथा मौसमको ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ । आफन्त तथा अग्रजको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने जीवन साथीसँग मनमुटाब बढ्नेछ । पढाइ लेखाइमा ध्यान नजाँदा अरू भन्दा पछि परिनेछ । तरपनि विदेशमा उत्पादित सामानको व्यवसाय फस्टाएर जानेछ भने विदेशी भूमिमा बसेर काम तथा अध्ययन गर्नेहरूका लागी समयले साथ दिनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त तथा मित्रहरूको सहयोग पाइने हुनाले मन प्रसन्न रहनेछ । राम्रो काम गरी समाजमा नाम कमाउन सकिनेछ । सवारी साधन लाभ हुने योग रहेको छ । अध्ययनमा सुधार गर्दै राम्रो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ । इच्छा तथा आवस्यक्ता पुरा गर्न सकिनेछ भने समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कर्मभावमा गोचर गर्ने चन्द्रमाले सकारात्मक सोचको विकास हुनेछ भने नयाँ प्रविधिको प्रयोग गरी समय अनुसार अपडेट होईनेछ । चाडबाड लक्षित सामानको व्यापारबाट मनग्गे आम्दानी गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा वा सुगम स्थानमा स्थानान्तरणको बलियो सम्भावना रहेको छ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । छोटो दुरीको रमाइलो यात्राको तथा हुने तथा टुरिजम क्षेत्रसँग सम्बन्धित कामबाट आर्थिक लाभ लिन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कार्यक्षेत्रमा पाएको जिम्मेवारी सफलतापूर्वक सम्पादन गर्न सकिने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । साथीभाइ तथा आफन्तका साथ रमाइलो वातावरणमा दिन बित्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धीमा अरूभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ । सरकारी क्षेत्रमा तपाईंको गतिलो उपस्थितिले समाजमा छुट्टै पहिचान बनाउन सकिनेछ । धार्मिक तथा शैक्षिक यात्राको ग्रहयोग रहेको छ । पूजा सामग्री तथा चाडबाड लक्षित सामानको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) कामहरू समयमा नसकिने तथा अरूबाट बाधा व्यवधान हुने हुनाले मानसिक तनाव बढ्नेछ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जाँगर हराएर जानेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रने हुँदा अरूभन्दा पछि परिनेछ । प्रेम प्रशङग टाढै रहनुहोला प्रिय पात्रसँग मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । बिधिबिधान तथा कानुन सम्बत् काम गर्नुहोला दण्ड तथा जरिवाना हुने ग्रहयोग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यावसायिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ । व्यापार फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न हुने समय रहेको छ । पढाइ लेखाइमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ठाउँमा नयाँ नियुक्ति तथा काम गरिरहेको ठाउँमा बढोत्तरी हुने योग रहेको छ । प्रेममा नजिक भई रमाउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) इष्टमित्र तथा आफन्तका साथ रमाइलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ । अदालती निर्णयहरू तपाईँकै पक्षमा आउने तथा शत्रु परास्त गर्दै अगाडी बढ्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीको मनोबल गिराउँदै सकारात्मक उपलब्धि हात पार्न सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरू किनारा लाग्नेछन् । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउँदै लान सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) उपहार तथा चिट्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेको छ भने भौतिक सम्पत्तिहरू लाभ हुनेछन् । शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगानी बढाउँदा मनग्गे धन कमाउन सकिनेछ । घर परिवारमा नयाँ मानिसको आगमन हुनेछ भने सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ । व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने हुँदा दैनिक कामहरू सहज रूपमा हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मीयता बढ्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) घर परिवार तथा आफन्तहरूमा विभिन्न समस्या देखा पर्नेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढेर जानेछ । प्रणय सम्बन्धमा सामान्य मनमुटाब सिर्जना हुनेछ । जग्गा सम्बन्धी विवादमा फस्ने योग रहेको छ भने पारिवारिक धन सम्पत्तिमा विवाद सिर्जना हुन सक्छ ध्यान दिनुहोला । पढ्ने लेख्ने काममा खासै मन जाने छैन । कृषि तथा पशुपालन व्यवसायबाट भने सन्तोष जनका नाफा कमाउन सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा भण्डारी
दुर्गा भण्डारी
लेखकबाट थप