राष्ट्रिय पुरुष क्रिकेटका लागि अर्जुनको कप्तानीमा गण्डकीको टोली घोषणा
कास्की । नेपाल क्रिकेट सङ्घको आयोजनामा कोशी प्रदेशको विराटनगरमा हुने वाई–वाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ ।
गण्डकी प्रादेशिक क्रिकेट सङ्घले गण्डकीका स्टार खेलाडी अर्जुन कु्मालको कप्तानीमा मङ्गलबार १४ सदस्यीय टोलीको घोषणा गरिएको हो । कुमाल अण्डर १९ राष्ट्रिय टोलीका सदस्यसमेत छन् । वाई वाई अण्डर १९ राष्ट्रिय क्रिकेट यही कात्तिक १० गतेदेखि सुरु हुँदैछ ।
प्रादेशिक टोलीको छनोटका लागि सङ्घले गत असोज ७ गते देखि १३ गतेसम्म पोखरा क्रिकेट रङ्गशालामा प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गरेको थियो । तर सो प्रतियोगिता प्रतिकूल मौसमका कारण पूरा सञ्चालन हुन सकेको थिएन ।
प्रतियोगितामा सहभागी खेलाडीहरुको प्रदर्शन र सहभागी प्रशिक्षकहरुको रायका आधारमा पहिलो चरणमा ३७ खेलाडीहरुलाई बन्द प्रशिक्षणका लागि छनोट गरिएको प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए। असोज अन्तिम साता सञ्चालन भएको बन्द प्रशिक्षणपछि अन्तिम टोलीका खेलाडी चयन गरिएको हो ।
टोलीमा करन पगेनी, सोहेल कुँवर, बंश क्षेत्री, सुदीप अर्याल, नरेश शाह, अश्विन थापा, किरण भट्टराई, अपरिचित पौडेल, सुजन गौतम, विज्ञान पाण्डे, सुप्रिम सुनार, सिव्रिन श्रेष्ठ र रोहित चन्द रहेका छन् ।
वैकिल्पक खेलाडीमा सरोज खत्री, नितेश गिरी, सोनु यादव र अनिष ताम्राकार हुनुहुन्छ । टोलीको प्रशिक्षकमा रिजन प्रजु र व्यवस्थापकमा अविशेषक ढकाल रहेका छन् ।
गण्डकीको टोली सन्तुलित रहेकाले उपाधिको दावेदार रहेको अध्यक्ष सिग्देलले बताए । उनले भने, “गण्डकीको टिममा नयाँ र अनुभवी दुवै खेलाडी छन् । टोली सन्तुलित छ । उपाधिको आस गरेका छौँ ।”
गण्डकीले प्रतियोगिताको आफ्नो पहिलो खेल कात्तिक ११ गते मधेस प्रदेशसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुअधिकारका लागि ‘भिगन ग्यालरी’
-
रोजगारीको माग गर्दै मधेस प्रदेशका शहीद परिवारको प्रदर्शन
-
माओवादी केन्द्रका नेता पदम राईको निधन
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’